नवनिर्वाचित प्रधानमन्त्री देउवालाई मोदीले दिए बधाई.

काठमाडौं ,२३ जेठ/ नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । कांग्रेस सभापति देउवा प्रधानमन्त्रीमा निर्वाचित भएपछि मोदीले टेलिफोन गरेर बधाई दिएका हुन् । मोदीले देउवाको कार्यकालमा दुई देशको सम्वन्ध अझ प्रगाढ हुने विश्वास भारतले लिएको बताएका छन् ।

साथै उनले नेपालको शान्ति, विकास र स्थिरताका लागि सहयोग गर्न भारत तयार रहेको बताए । जवाफमा देउवाले नेपालको विकास र पूर्वाधार क्षेत्रमा भारतबाट विगतमा हुँदै आएको सहयोगले निरन्तरता पाउने अपेक्षा रहेको बताएको नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिक्देलले जानकारी दिए ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ २३, २०७४     9:31:17 PM

Ganesh Pahari

See all posts by