पोखराबाट चाइनाको कुनमिनको मेलामा सहभागी हुन जाने टोलीलाइ बिदाइ कार्यक्रम.

तारा चापागाई, पोखरा २१ जेठ, /पोखरा उधोग बाणिज्य संघका अध्यक्षको नेतृत्वमा रहने गरी ४७ सदस्य टोली चिनको कुनमिन शहरमा आयोजना हुने दक्षिण एसिया प्रर्दशनी तथा लगानी मेला २०१७ (SSACEIF)  मा सहभागीता जनाउने भएको छ ।

मेलामा सहभागी हुने प्रतिनिधिमण्डललाइ संघका पुर्व अध्यक्ष संजिव बहादुर कोइराला ,महासचिव दामु अधिकारी , पत्रकार महासंघका अध्यक्ष दिपेन्द्र श्रेष्ट, लगायतले फुलमाला लगाएर बिदाइ गरेका थिए । चिनले बर्षेनी गर्दै आएको यो मेला दक्षिण एशीयाकै ठुलो प्रर्दशनी मध्ये एक हो । जेठ २९ गतेबाट शुरु हुने प्रर्दशनी एक साता सम्म चल्ने छ ।

मेलामा चिनले अगाडी सारेको रेश्मी मार्गको परियोजनामा हस्ताक्षर गरि सकेको सन्र्दभमा यस भ्रमण ओबिओपीबाट नेपालले बढि भन्दा बढि लाभ कसरी लिन सक्छ भन्ने उद्धेश्यले निर्देशित रहनेछ । पोखराका तर्फबाट सहभागीता जनाउने उधोगी ब्यावसायीले ६ बटा स्टल राखेर ह्यान्डीक्राफ्टब्यावसायको प्रर्वद्धन गरी उधमशीलतामा नयाँ आयाम थप्नेमा बिश्वस्त रहेको अध्यक्ष पालिखेले बताउनु भयो ।

प्रर्दशनीको क्रममा एशियन चाइनिज ब्यावसायिक सम्मेलनमा बिभीन्न देशबाट मेलामा सहभागीता जनाउनेहरुले आफनो देशको लगानी निति अवसरको बारेमा बिभीन्न सत्रमा छलफलमा हुने सक्रिय सहभागीता भ्रमणको अर्को उपलब्धी उहाँले बताउनु भयो । पोखरालाइ उजयालो र सुरक्षित शहर बनाउन चिनको सहयोगबाट एक हजार थान सोलर लाइट ले पोखरालाइ उज्यालो बनाएको छ ।

प्रकाशित मितिः आइतवार, जेष्ठ २१, २०७४     4:22:06 PM

Tara Chapagain

See all posts by