बिश्व वातावरण दिवसको अवसरमा पोखरा उपत्यका सरसफाइ अभियानकोे फोटो प्रर्दशनी.

तारा चापागाई , पोखरा,  २१ जेठ/ पोखरा उपत्यका सरसफाइ अभियानले एक वर्ष पुगेको अवसरमा बिश्व वातावरण दिवसको अवसर पारेर पोखरामा फोटो प्रर्दशनी गर्ने भएको छ । गत वर्ष जेठ २२ गते फिर्के बुलौदी अभियानबाट शुरु गरिएको पोखरा उपत्यका बृहत सफाइ अभियान अहिले पोखरा उपत्यका बृहत सफाइ अभियानको नामले १९ औ हप्तामा पार गरि अगाडी बढिरहेको छ । एक वर्ष पुगेको अवसर पारेर हालसम्म गरिएका गतिबिधीहरुको झलक देखाइ चेतनाको बिकास गराउने उद्धेश्यले फोटो प्रर्दशनी गर्न लागेको संयोजक सुनिल पाण्डेले जानकारी दिनु भयो ।

फोटो प्रर्दशनी जेठ २२ गते नेपाल पर्यटन बोर्ड कार्यलयमा बिहान १० बजेबाट बेलुका ५ बजेसम्म चल्नेछ । छ हजार फोटोबाट छानिएका मध्ये प्रत्येक वडालाइ समेट्ने गरि एक सय फोटो फ्रेमिङ प्रर्दशनीमा राखिने छ भने अन्यलाइ प्रोजेक्टर मार्फत देखाइने भएको छ । पोखरा उपत्यकालाइ सधैभरि सुन्दर र स्वच्छ राख्नका लागी जनमानसमा केहि हदसम्म चेतनाको बिकास भइ सकेको नागरिक समाजका संयोजक रामबहादुर पौडेलले बताउनु भयो ।

पोखरा उपत्यका सरसफाइ अभियान २२ वटा वडामा संचालन भइरहेको छ अभियानमा १८ हप्तासम्म ६३ हजारको सहभागीता , पाचँ सय ४० सामाजिक संघ संस्था र बिधालयको ऐक्यबद्धता रहेको छ भने मुक्तिनाथ बिकास बैकले हरेक हप्ता निरन्तर सहभागीता जनाइ सहयागी संस्थाको रुपमा रहेको छ । हालसम्म करिब ५६३ मेट्रिक टन फोहोर मैला संकलन गरिएको थियो । संचार संयोजक खेमा गुरुङको अध्यक्षतामा समपन्न कार्यक्रमको संचालन सदस्य रामजी जिसीले गर्नु भएको थियो ।

प्रकाशित मितिः आइतवार, जेष्ठ २१, २०७४     3:03:35 PM

Tara Chapagain

See all posts by