लण्डन ब्रिज आक्रमणः एकजनाको मृत्यु, ६ जना घाइते.

बेलायत, २१ जेठ/  बेलायतको लण्डनमा भएको आतंकाकारी आक्रमणमा एकजनाको ज्यान गएको छ । लोकप्रिय लण्डन ब्रिजमा आक्रमण हुँदा अरु ६ जना घाइते भएका छन् । लण्डन प्रहरीले आक्रमणकारीको खोजी भइरहेको जनाएको छ । घटनापछि लण्डन ब्रिजमा ओहोरदोहोरमा रोक लगाइएको छ भने त्यस क्षेत्र भएर गुड्ने गाडीलाई डाईभर्सन गरिएको छ ।

प्रत्यक्षदर्शीले सडक पेटीमा हिँडिरहेका मानिसलाई लक्षित गरी सेतो रंगको भ्यान गुडाइएको बताएका छन् । यसैबिच लण्डन प्रहरीले आक्रमण भएको ब्रिज नजिकैको बजार क्षेत्रमा चक्कु हमला भएको र त्यसबारे अनुसन्धान भइरहेको जनाएको छ । घटना भएको स्थान लण्डन रेलवे स्टेसन नजिकै पर्छ । घटनापछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रकाशित मितिः आइतवार, जेष्ठ २१, २०७४     7:30:07 AM

Ganesh Pahari

See all posts by