प्रधानमन्त्रीको उम्मेदवारी दर्ता ( भोलि ) शनिबार, निर्वाचन आइतबार

 काठमाडौं, १९ जेठ/ विपक्षी दलहरुको विरोधका बीच सूचना टाँसेर प्रधानमन्त्री निर्वाचनको प्रक्रिया सुरु भएको छ । सत्तारुढ र विपक्षी दलहरुबीच सहमति जुटाउन प्रयास असफल भएपछि सभामुख ओनसरी घर्ती मगरले सूचनामार्फत नै बहुमतीय प्रक्रियाबाट सरकार गठन गर्न राष्ट्रपति विद्या भण्डारीबाट आहृवान भएको जानकारी दिइन् ।

लगतै संसद सचिवालयले प्रधानमन्त्री निर्वाचन तालिका सार्वजनिक गरेको छ । जस अनुसार भोलि शनिबार विहान ११ देखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । पर्सि आइतबार विहान ११ बजेको बैठकमा निर्वाचन हुनेछ । भरतपुरमा पुनःमतगणना तत्काल सुरु गर्न माग गर्दै प्रमुख विपक्षी एमालेले लगातार संसद अवरुद्ध गर्दै आएको छ । एमालेको अवरोधकै कारण बहुमतीय सरकार गठनका लागि आहृवान गरिएको राष्ट्रपतिको पत्र समेत पढेर सुनाउन सकिएको थियो ।

विपक्षी एमालेले भरतपुरको मतगणना सुरु नभएसम्म संसद चल्न नदिने अडान लिएको छ । र, उसले प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया संसदबाटै सुरु गर्नु पर्ने बताएको थियो । तर, सत्तारुढ दलहरुले भने सूचना टाँसेर भएपनि प्रक्रिया सुरु गर्नु पर्ने बताए । सहमतिको प्रयासमा विहान कार्यव्यवस्था परामर्श समितिको र दिउँसो तीन दलको बैठक बोलाइएको थियो । तर, सत्तापक्ष र विपक्षी दलहरुबीच सहमति हुन सकेन ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ १९, २०७४     9:17:54 PM

Ganesh Pahari

See all posts by