क्षेत्रीय अस्पतालका सुपरीटेन्डेन श्रीकृष्ण श्रेष्ठ विरामी.

पोखरा, १८ जेठ /पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका सुपरीटेन्डेन डाक्टर श्रीकृष्ण श्रेष्ठलाई मस्तिकघात भएको छ । बुधबार साझँ विमारी जाँच गर्दा मस्तिकघातका कारण उनी ढलेका थिए । ढलेर बेहोस भएका उनलाई तत्कालै पोखराका मणिपाल अस्पतालमा उपचारका लागि लगिएको थियो । उनको पोखरामा उपचार हुन नसके पछि बिहीबार दिऊसो नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौको न्युरो अस्पतालमा लगिएको छ । उनको अहिले सम्म होस् नआएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ १९, २०७४     8:56:28 PM

Ganesh Pahari

See all posts by