विदेशका जेलमा नेपाली खोज्दै सरकार, ३२ देशका जेलमा ३ सय १८ जना नेपाली

काठमाडौं, जेठ १७ ,

सरकारले पहिलो पटक विदेशका जेलमा रहेका नेपालीको अबस्था पत्ता लगाउन थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र सल्लाहकार साखाको अग्रसरतामा खोजी भैरहेको र अन्तिम तथ्यांक आइरहेको छ ।

प्रधानमन्त्री कार्यालयका वैदेशिक रोजगार विज्ञ शुसिल ढुंगानाका अनुसार अहिलेसम्म ३ सय १८ जना नेपाली जेलमा रहेको पत्ता लागेको छ ।
उनीहरु मध्ये केहिले मृत्युदण्ड भोगीरहेको र केहिलाई जन्मकैद तोकिएको पाइएको छ । यस अघि विदेशका जेलमा कति नेपाली छन् र उनीहरुको अवस्था के छ भन्ने थाहा थिएन ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ १८, २०७४     8:49:48 AM

Tara Chapagain

See all posts by