नवनिर्वाचित जनप्रतिनिधिहरुलाई शुभकामना तथा बदाई ।

गणेश पहारी,पोखरा १७, जेठ । पोखरा लेखनाथ महानगरपालिका वडा न ६ बैदाम मा अबस्थित टोल विकास समन्वय समिति तथा बडा नागरिक मञ्च एवंम शिशु स्याहार विकास केन्द्र बैदामले संयूक्त रुपमा बडा न ६ का जनप्रतिनिधिहरु सहित पोखरा उपत्यका नगर विकास समितिका नवनियूक्त अध्यक्ष शुन्दर कुमार श्रेष्ठलाई सम्मान गरेको छ ।

बुधबार तिनै संस्थाहरुले संयूक्त रुपमा एक कार्यक्रमको आयोजना गरि जनप्रतिनिधि सहित नवनियूक्त अध्यक्षलाई दोसला सहित समान पत्रले सम्मान गरेका छन । टोल समन्वय समितिका अध्यक्ष गिरिराज अधिकारीको सभाअध्यक्षमा भएको कार्यक्रमा बडा न ६ नवनिर्वाचित अध्यक्ष जगतबहादुर पहारीले बडा न ६ पोखराकै पर्यटकीय क्षेत्र भएकोले यस क्षेत्रमा रहेका पार्कहरुलाई ब्यवस्थित गरि पर्यटकहरुको बसाई लम्वाइउनका लागि पर्यटकका पूर्वाधार निर्माण गरिने बताएका छन । यस क्षेत्रलाई पर्यटकीय बाताबरण मैत्रि र हरियाली शहरको रुपमा विकास गर्ने र फेवाताल लाई सफा र स्वच्छ बनाउनका लागि योजना बद्धका कार्यक्रमहरु ल्याउने र प्रतिबद्धताका साथ लाग्ने बताए । निर्वाचित पहारीले बडाका हरेक समस्याहरुको उपयूक्त समाधान गर्ने टोलबासीहरुको साथ सहयोग लिएर अगाडी बढने बताएका छन ।

कार्यक्रममा पोखरा उपत्यकाका नवनियूक्त अध्यक्ष सुन्दर कुमार श्रेष्ठले आफु पोखरा आउदा केही नलिइ आएको र अहिले जे म सगँ छ त्यो सबै पोखराले नै दिएको भन्दै आफुले पोखराको समवृद्धि र विकासका लागि कुनै कसर बाकी नराख्ने बताएका छन । आफुले सरकार बाट पाउने कुनै पनि भत्ता तथा सेवा सुविधाहरु नलिने भन्दै पोखरामा रहेका बृद्धाआश्रममा सहयोग गर्ने जानकारी गराएका छन । पोखराको विकासको लागि कुनै पनि आर्थिक प्रलोभनमा नपर्ने र आर्थिक चलखेल गर्नेलाई आफुले नछाडने बताउदै पोखरा उपत्यका नगर विकासलाई पूर्ण भष्ट्रचार मुक्त बनाउनेमा कटिबद्धताका साथ लाग्ने कुरामा जोड दिएका छन । उनले हालैमात्र स्थानिय निकायमा जनप्रतिनिधिहरु आएको हुदाँ पोखरा लेखनाथ महानगरका मेयर र उपमेयर लगाएत सवैसँग महानगरको बृहत्तर विकासमा ब्यापक छलफल गरी सहकार्यका साथ अगाडी बढने समेत बताए ।

वडा नागरिक मञ्च बैदामका अध्यक्ष विष्णु हरी अधिकारीले स्वागत मनतब्य राखेको कार्यक्रममा महिला समन्वय समितिका अध्यक्ष विष्णु के.सी, वडा नागरिक मञ्चकी सदस्य सचिब तथा सामाजिक परिचालक ललिता ढुङ्गाना अधिकारी, नेपाली काग्रेस बडा इकाइ ६ सभापति बलराम गिरी, नेकपा एमाले प्रतिनिधि दुर्गा पहारी, नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र बैदामका अध्यक्ष नर्मला कडेल तेसै गरि रा प्र पा बैदामका प्रतिनिधि गणेश ढकाल पूर्व बडा अध्यक्षहरु होमबहादुर लामिछाने तथा गोविन्द्र कुमार श्रेष्टका साथै वडा निर्वाचित जनप्रतिनिधिहरु राममाया विक, पुष्प पहारी घले , हरिकृष्ण पहारी र विष्णु बहादुर भट्टराई लगाएतकाले आ–आफ्ना भनाई राखेका थिए ।

प्रकाशित मितिः बुधबार, जेष्ठ १७, २०७४     2:50:26 PM

Ganesh Pahari

See all posts by