तनहुँ, १६ जेठ/ पोखराबाट काठमाडौं जादै गरेको माइक्रोबस मंगलबार बिहान तनहुँमा दुर्घटना भएको छ । दुर्घटनामा १४ जना घाइते भएका छन् । पोखराबाट काठमाडौंतर्फ जादै गरेको ग १ ख ४९५२ नम्बरको यात्रुवाहक माइक्रोबस मंगलबार बिहान ६ः३० बजे तनहुँको म्याग्दे गाउँपालिका–२ माथिल्लो गोडारीमा दुर्घटना भएको हो । माइक्रो सडकबाट केही मिटर तल खसेको छ ।
दुर्घटनामा घाइते १४ मध्ये ४ को अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । घाइतेको रत्नहरि अस्पताल, दमौली, पोखराको मणिपाल अस्पताल लगायतमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । घाइतेको परिचय खुल्न बाँकी छ ।