कास्कीमा ६ बर्षीया बालिका बलात्कार प्रयासको आरोपमा अखिल नेता पक्राउ.

पोखरा १६ जेठ/ कास्कीमा बालिकालाई यौन दुव्र्यवहार गर्न खोज्ने एक जनालाई स्थानीयले समातेर प्रहरी समक्ष बुझाएका छन् । माछापुच्छ्रे गाउँपालिका–२ घलेखर्ककी ६ वर्षिया बालिकालाई पर्वत स्थायी घर भएका अशोक पौडेलले यौन दुब्र्यवहार गरेको आरोपमा स्थानियले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् । सोमबार राती करिब ११ बजे बालिकालाई बलात्कार गर्न लागेको देखेपछि स्थानियले उनलाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए ।

‘पौडेलले बलात्कार प्रयत्न (रेप अटेम्ट) गरेको प्ररम्भिक अनुसन्धानका क्रममा खुलेको छ’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख (एसपी) घनश्याम अर्यालले भने, ‘जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान गर्छौं ।’ पौडेल पृथ्वीनारायण क्याम्पसको अनेरास्ववियु प्रारम्भिक कमिटीका पूर्व अध्यक्ष हुन् । बालिकालाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको छ ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ १६, २०७४     9:49:32 PM

Ganesh Pahari

See all posts by