बाजुरा, १६ जेठ /नेपाली सेनाको स्काई ट्रक (जहाज) बाजुराको कोल्टी विमानस्थलमा दुर्घटनामा परेको छ। बाजुराका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेका अनुसार सुर्खेतबाट खाद्यान्न बोकेर हुम्ला जान लागेको स्काइ ट्रक मौसम खराब भएपछि बाजुराको कोल्टीमा डाइभर्ट भएको थियो।
कोल्टी विमानस्थलमा अवतरणका क्रममा जहाज चिप्लिएर खेतमा पुगेको थियो। खेतमा पुगेको स्काइ ट्रकको इन्जिनमा आगलागी भएको छ। एक जनालाई जिवितै बाहिर निकालिएको प्रजिअ लामिछानेले जानकारी दिए। जहाजमा तीन जना चालक दलका सदस्य रहेको र तीमध्ये दुई जनालाई घाइते भएका छन् भने एक जना सामान्य चोटपटक लागेको छ। ‘घाइतेहरुको उपचारका लागि ल्याउन हेलिकोप्टर तयारी अवस्थामा छ’,