भरतपुरको मतगणनाबारे निर्णय गर्न आयोगको बैठक जारी

काठमाडौं, जेठ १५,

भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएपछि रोकिएको मतगणनाबारे निर्णय गर्न निर्वाचन आयोगको बैठक बसिरहेको छ ।

आयोगको केन्द्रिय कार्यालयमा जारी बैठकमा गएरातिदेखि रोकिएको मतगणना सुरु गर्ने कि फेरि मतदान गराउने भन्नेबारे आयोगले निर्णय लिनेछ ।

अवस्था नियन्त्रबाहिर गएपछि चितवनका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले गणनाको सम्पूर्ण कार्य स्थगित गरेर निर्वाचन आयोगलाई जानकारी गराउनुभएको थियो ।

भरतपुर महानगरपालिकाको १९ नम्बर वडाको मतगणना जारी रहेका बेला माओवादी केन्द्रका प्रतिनिधिहरुले मतपत्र च्यातेपछि मतदानस्थल तनावग्रस्त बनेको थियो । भरतपुर महानगरपालिकामा कांग्रेस माओवादीले प्रधानमन्त्री पुत्री रेणु दाहाल र एमालेले देवी ज्ञवालीलाई मेयरको उम्मेदावर बनाएको छ ।

मतगणना रोकिने बेलासम्म ज्ञवाली र दाहालको मतअन्तर ७ सय ३३ थियो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार देवी ज्ञवालीले ४१ हजार ६ सय ४१ र रेणु दाहालले ४० हजार ९ सय ८ मत पाउनुभएको छ ।

प्रकाशित मितिः सोमवार, जेष्ठ १५, २०७४     1:35:17 PM

Tara Chapagain

See all posts by