बजेट आज, करिब १२ खर्वको बजेट ल्याउने सरकारको तयारी :

काठमाण्डौ, १४ जेठ ।
सरकारले आगामी आर्थिक वर्ष २०७४/७५ को राजस्व र व्ययको विवरण (बजेट) भोली ल्याउने भएको छ ।
व्यवस्थापिका–संसदमा भोली अपराह्न चार बजे प्रस्तुत गर्ने सरकारको तयारी छ ।

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले सदन समक्ष रु.१२ खर्बभन्दा बढीको बजेट प्रस्तुत गर्ने अनुमान गरिएको छ ।
राष्ट्रिय योजना आयोगले रु.११ खर्ब ५६ अर्बको बजेट सीमा तोकेको थियो । सरकारले संविधान कार्यान्वयन, निर्वाचन, ऊर्जा, पूर्वाधार, कृषि विकास, शिक्षा, स्वास्थ्य, गरिबी निवारण लगायत विषयलाई उच्च प्राथमिकतमा राखेर बजेट पेस गर्नेछ ।


गत वर्षको तुलनामा यो वर्ष स्थानीय तहमा अधिक रकम विनियोजन गरेर बजेट बनाइएको अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार प्रा.डा.पुण्यप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

प्रकाशित मितिः सोमवार, जेष्ठ १५, २०७४     11:31:49 AM

Tara Chapagain

See all posts by