पश्चिम क्षेत्रअन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरु.

निरीक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न : मुस्ताङ

पश्चिमाञ्चल क्षेत्रीय सुरक्षा समितिका पदाधिकारीहरुले यही जेष्ठ १२ गते हिमाली जिल्ला मुस्ताङको उपल्लो भेगमा अवस्थित नेपाल चिन सिमा क्षेत्रको निरीक्षण तथा अवलोकन साथै जिल्ला प्रहरी कार्यालय मुस्ताङ एंव मातहतका प्रहरी ईकाईहरुको निरीक्षण गरी जिल्ला स्थित स्थानीय तहको निर्वाचनमा विजयी प्रतिनिधिहरुसंग अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गर्नु भएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय प्रशासक तथा पश्चिमाञ्चल क्षेत्रीय सुरक्षा समितिका अध्यक्ष यामकुमारी खतिवडा, पश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक मधुप्रसाद पुडासैनी, राष्ट्रिय अनुसन्धानका क्षेत्रीय निर्देशक रविन्द्र पण्डित, जिल्लाप्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक हरिहरनाथ योगी समेतको टोलीले यही जेष्ठ १२ गते मुस्ताङको उपल्लो भेगमा अवस्थित नेपाल चिन सिमानाको कोरला नाकाको समेत निरीक्षण तथा अवलोकन गरी जिल्ला स्थित स्थानिय तहको निर्वाचनमा नव निर्वाचित पदाधिकारीहरु संग भेटघाट गरी बधाई एंव शुभकामना व्यक्त गर्दै मुस्ताङलाई अपराध रहित जिल्लाको रुपमा स्थापित गर्ने विषयमा छलफल तथा अन्तरक्रिया समेत गर्नु भएको छ ।

सोही क्रममा पश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक मधुप्रसाद पुडासैनीले जिल्ला प्रहरी कार्यालय मुस्ताङ तथा मातहका ईलाका प्रहरी कार्यालय छोसेर, ईप्रका छुसाङ, सिमा प्रहरी चेकी लोमान्थाङ, प्रहरी चौकी घमि, कागवेनी र अस्थायि प्रहरी चौकी चराङ समेतको निरीक्षण तथा अवलकोन गरी कार्यरत प्रहरी कर्मचारीहरुलाई अपराध अनुसन्धान तथा नियन्त्रण, व्यावसायिक कार्यसम्पादन, प्रहरी आचरण तथा जनमैत्री प्रहरी सेवा प्रवाह लगायतका विषयमा आवस्यक निर्देशन सम्बोधन गर्नु भएको छ ।

निरिक्षण पश्चात प्रहरी कर्मचारीहरुलाई आवस्यक निर्देशन सम्बोधन गर्दै प्रहरी नायव महानिरीक्षक पुडासैनीले जिल्लाको विभिन्न भौगोलिक विकटता र सिमित श्रोत साधनहरुको बावजुत पनि प्रहरी प्रति कुनैपनि जनगुनासा नरहने गरी कार्य सम्पादन गरेकोमा खुसी व्यक्त गर्दै गत वैशाख ३१ गते सम्पन्न स्थानिय तहको निर्वाचनलाई समेत भयरहित, विश्वसनिय तथा शान्तिपुर्ण वातावरणमा सम्पन्न गराउन सफल भएकोमा सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।

साथै आगामी दिनमा आफ्नो कर्तव्यलाई मनन गरी प्रहरी मेरो साथीको अवधारणा अनुरुप उच्च मनोवलका साथ नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्न सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनुभएको छ ।

नवलपरासी : उपचारका क्रममा म्यादी प्रहरीको मृत्यु

मिति २०७४।०२।१४ गते अन्दाजी ०७:३० बजेको समयमा जिल्ला नवलपरासी बर्दघाट नगरपालिका वडा न.१३ धनेवा बस्ने राजेन्द्र प्रसाद गैरेको छोरा वर्ष २७ को म्यादी प्रहरी कमल प्रसाद गैरे (दर्ता न.१४७९) जन्डिसको बिरामी भई उपचारको लागि स्थानिय सामुदायिक अस्पताल चौपट्टामा लगिएकोमा थप उपचारको लागि  पृथ्वी चन्द्र अस्पताल परासीको लागि रिफर गरीदै गर्दा बाटो मै मृत्यु भएको छ ।  उक्त लास पोष्टमार्टमको लागि पृथ्वी चन्द्र अस्पताल परासी ल्याईएको छ ।

कास्की : मोटरसाईकल दुर्घटना

२०७४।०२।१४ गते अन्दाजी ०९:१५ बजे जिल्ला  कास्की पोखरा लेखनाथ महानगरपालिका ३१ बेगनास ताल नाउरे चोकमा  मोटरसाइकल आफै अनियन्त्रीत भई दुर्घटना हुदा  ग१२प ५४२ न. मोटरसाइकल चालक  सोहि स्थान  बस्ने ३२ वर्षिय कुसल अधिकारी घाईते भई उपचारको लागि मणिपाल अस्पताल ल्याएको छ ।

गोरखा : बाघको बच्चा मृत अवस्थामा फेला परेको

मिति २०७४।२।१४ गते अन्दाजी ०५:५५ बजेको जिल्ला गोरखा गण्डकी गाउँपालिका २ स्थित रेग्मि डाँडाको जंगलमा पाटे बाघको बच्चा मृत्त अवस्थामा रहेको छ । उक्त  खबर प्राप्त हुना साथ प्रहरी टोलि खटिगई जिल्ला वन कार्यालयलाई समेत जानकारी गराइएको छ ।

पाल्पा : झुन्डी मृत अवस्थामा फेला परेको

मिति २०७४।२।१४ गते अनदाजी ०८:०० बजेको समयमा जिल्ला पाल्पा बग्नासकाली गाँउपालीका ६ शिखर डाडा बस्ने याम बहादुर पचभैयाको श्रीमती वर्ष २१ की तेजु पचभैया आफ्नै घरको सुत्ने कोठामा सलको पासो लगाई झुनडी मृत अवस्थामा फेला पारी पासो फुकाई तत्काल उपचारको लागी मिशन अस्पताल तान्सेन पाल्पामा ल्याउदै गर्दा बाटोमानै उनको मृत्यु भएको छ । घटनाका विषयमा खबर प्राप्त हुनासाथ  घटनास्थलमा प्रहरी टोलि खटिगई मृतकका आफन्तहरुलाई जानकारी गराई घटना समबन्धमा थप अनुसन्धान गरिरहेको छ ।

 रुपन्देही:  शव फेला परेको

मिति २०७४।०२।१४ गते अं.११:१५ बजेको समयमा जिल्ला रुपन्देही बुटबल उप-महानगरपालिका ९ ईटाभट्टी पछाडी तिनाउ खोलाको छेउमा सडेगले जस्तो अवस्थामा कपडाले बेरेको बच्चा (छोरो) लास छ भन्ने खबर प्राप्त हुनासाथ  प्रहरी टोली खटी गई घटनाका विषयमा थप अनुसन्धान गरीरहेको छ ।

स्याङजा : झुण्डी मृत अवस्थामा फेला

मिति २०७४|०२|१४ गते अ. ११:०० बजे जिल्ला स्याङजा वालिङ नगरपालिका -३ सिंगारबोट बस्ने वर्ष ५२को जवान सिंह सार्की आफ्नै घरको आंगनको डिलमा रहेको खिराको बोटमा पलास्टिक डोरीको पासो लगाई झुण्डि मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटीगई थप अनुसन्धान गरीरहेको छ ।

                           

प्रकाशित मितिः सोमवार, जेष्ठ १५, २०७४     5:30:31 AM

Tara Chapagain

See all posts by