धादिङको भकारेमा बस दुर्घटना, तीनको मृत्यु.

धादिङ,१४ जेठ । धादिङको गोलाभञ्याङस्थित भकारे भन्ने ठाउँमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ३० जना भन्दा बढी घाइते भएका छन् । धादिङबेसीबाट सल्यानटार जाँदै गरेको बस बाटैमा विगि्रएपछि यात्रुहरुलाई लिन स्कुल बस आएको थियो । तर, यात्रुहरु चढ्ने क्रममा त्यही बस दुर्घटनाभयो । बस सडकबाट करिव २०० मिटर तल पाखोबासीमा खसेको छ । घाइतेहरुको उद्दार गरिएको छ ।

प्रकाशित मितिः आइतवार, जेष्ठ १४, २०७४     9:07:07 PM

Ganesh Pahari

See all posts by