पोखरा महानगरका प्रमुख तथा उपप्रमुखले पदभार ग्रहण.

पोखरा, १४ जेठ/ पोखरा लेखनाथ महानगरपालिकामा नवनिवाचित प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुवेदी गुरुङले आइतवार सपथ गहण गर्दै पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दा महत्वपूर्ण तीन निर्णय गरेका छन् । प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा भएको सपथ लगतै महानगरपालिकाको कार्यालयमा पदभार ग्रहण गरी पोखरा लेखनाथ महानगर पालिकामा बृद्धभक्तामा १० प्रतिशत बृद्धि गर्ने निर्णय गरिएको छन् ।

नेपाल सरकारले दिदै आएको मासिक भक्तामा महानगरभित्र रहेका जेष्ठ नागरिकका लागि महानगरको आन्तरिक स्रोतबाट ब्यहोर्ने गरी १० प्रतिशद्ध बृद्धीको निर्णय गरिएको हो । यो निर्णय आगामी आर्थिक बर्ष २०७४÷७५ देखि लागू हुनेछ जिसीले निर्णय गरेका छन् । त्यस्तै महानगरको सेवालाई १० दिन भित्र प्रभाबकारी बनाउने निर्णय गरिएको छ । महानगरपालिकका कार्यालयबाट सेवाग्राहीले महशुस गर्नेगरि गर्ने सेवा छिटो छरितो बनाउने बताए ।

महानगरपालिका कार्यालयबाट महिला हिंसा पिडीतका लागि निःशुल्क कानुनी परामर्श सेवा प्रदान गर्ने निर्णय समेत गरिएको छ । उपप्रमुख गुरुङले यो निर्णयबाट महानगरभित्र हिंसामा परेका महिलाहरुलाई सहयोग पुग्ने विश्वास ब्यक्त गरिन् । उनले आफ्नो कार्यकालमा पोखरा लेखनाथ महानगरलाई महिला हिंसा मुक्त, जेष्ठ नागरिकमैत्री, वालमैत्री, महिलामैत्री बनाउने प्रतिबद्धता समेत जनाइन् । सबै महानगरवासीलाई समान न्यायको प्रत्याभूति हुने गरी आफुले काम गर्ने उनको प्रतिबद्धता छ । आइतबार सपथ ग्रहण पछि नगर पालिका परिषदमा विरुवा सारेर कार्यकक्षमा पुगेका थिए ।

गत बैंशाख ३१ को स्थानीय तह निर्वाचन मार्फत निर्वाचित पोखरा लेखनाथ महानगरपालिकाका जनप्रतिनिधिले आईतवार सपथ लिए छन् । महानगरको प्रमुख मान बहादुर जिसी र उपप्रमुखमा निर्वाचीत मञ्जुदेवी गुरुङ सहित ३३ वटै वडामा प्रतिनिधिले सपथ लगतै पदभार ग्रहण गरेका हुन् । महानगरका प्रमुख, उपप्रमुख र वडाध्यक्षलाई प्रमुख निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले र वडा सदस्यहरुलाई महानगरका प्रमुख जिसीले पद तथा गोपनियताको सपथ गराएका थिए । पोखरा लेखनाथ महानगरमा एक प्रमुख र एक उप प्रमुख सहित सबै वडाका वडाध्यक्ष, महिला एबं दलित सदस्य र दुई खुल्ला सदस्य गरी १६७ जना निवार्चित भएका थिए । पोखरा महानगरमा निर्वा्चित प्रतिनिधि मार्फत दलित तथा अल्पसंख्यक समुदायबाट तीनजना थप गरी १ सय ७० जनाको नगरसभा बनाईने छ भने ३९ जनाको नगर कार्यपालिका गठन हुनेछ ।

प्रकाशित मितिः आइतवार, जेष्ठ १४, २०७४     8:48:20 PM

Ganesh Pahari

See all posts by