काठमाडौं महानगरपालिकोको मेयरमा एमालेका शाक्य विजयी, औपचारिक घोषणा हुन बाँकी.

काठमाडौं,  १४ जेठ / काठमाडौं महानगरपालिकामा एमालेका विद्यासुन्दर शाक्य विजयी हुनु भएको छ । तर यसको औपाचारिक घोषणा हुन भने बाँकी छ ।

निर्वाचन अधिकृतको कार्यलय औपाचारिक घोषणा गर्न कुरेर बसेको छ । कार्यालयले विजेता बनेका विद्यासुन्दर शाक्यलाई आइतबार बिहान ६ बजेका लागि बोलाएको तर त्यो समयमा उहाँ नजाँदा औपचारिक घोषणा रोकिएको हो ।

मुख्य  निर्वाचन अधिकृत दिपेन्द्र अधिकारीले भन्नुभयो ‘हामीले उहाँलाई ६ बजे बोलाएका थियौं तर उहाँ आइपुग्नु भएन । त्यसैले उहाँलाई हामी कुरिरहेका छौ ।’

प्रकाशित मितिः आइतवार, जेष्ठ १४, २०७४     6:44:24 AM

Ganesh Pahari

See all posts by