नेपाल मै पहिलो पटक महिला लिग च्याम्पियनसिप जेठ १६ देखी :

पोखरा, १३ जेठ ,
अखिल नेपाल फुटबल संघ एन्फाले महिला फुटबलको उत्थानका लागि महिला लिग च्याम्पियनसिपको घोषणा गरेको छ । च्याम्पियनसिप प्रतियोगीता जेठ १६ देखि स्याङ्जा र पाल्पामा हुनेछ ।
च्याम्पियनसिपमा कूल २८ वटा टिम सहभागी हुनेछन् । जसलाई २ समूहमा विभाजन गरिएको छ । एउटा समूहमा १४ टिम समावेश रहने छन् । विजेतालाई ३ लाख र उपविजेतालाई १ लाख ५० हजार रुपैयाँ घोषणा गरिएको छ ।


यस्तै उत्कृष्ट खेलाडी लगायत विभिन्न ५ विद्यामा मनोनित हुने खेलाडी तथा प्रशिक्षकलाई १५ हजार नगदबाट सम्मान गरिनेछ । आगामी साफ च्याम्पियनसिपको तयारीका रुपमा उक्त प्रतियोगीतालाई हेरिएको छ ।

प्रकाशित मितिः शनिबार, जेष्ठ १३, २०७४     10:00:56 PM

Tara Chapagain

See all posts by