पत्रकार कृष्णसेन इच्छुक नेपाली पत्रकारीतामा निडर र निर्भीकताको प्रतिक : दिपेन्द्र श्रेष्ठ

पोखरा, १३ जेठ ,
पत्रकार एंव साहित्यकार कृष्ण सेन इच्छुकको १५ औं स्मृति दिवस आज पोखरा लगायत देशभर विभिन्न कार्यक्रम गरि मनाईएको छ ।


सेनको स्मृति दिवसको अवसरमा प्रेस सेन्टर कास्कीले उनको जिवनी र योगदानका बारे परिचर्चा कार्यक्रम गरेको छ । उक्त अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले “पत्रकार कृष्ण सेन इच्छुकलाई नेपाली पत्रकारीतामा इमान र डृढताको प्रतिक । निडर र निर्भीकताको अर्को नाम” भनेका छन् ।
प्रेस सेन्टर कास्कीका कार्यवाहक अध्यक्ष सन्देस श्रेष्ठले निष्पक्ष र जनपक्षिय पत्रकारीतालाई पत्रकार सेनको कलमका विषेसताका रुपमा चित्रण गरेका छन् ।

 

तत्कालिन समयमा मुलुकले खेपिरहेको द्धन्द्धका वेला पनि इच्छुकले निर्भिकताका साथ कलम चलाएर जनपक्षिय पत्रकारकारीताको सार्थक उदाहरण पेश गर्न सफल भएको माओवादी केन्द्रका पोलिटव्युरो सदस्य राजकाजी तमुले उल्लेख गरेका छन् ।
पत्रकार इच्छुकले नेपाली साहित्यको क्षेत्रमा समेत उल्लेखनिय योगदान गरेको भन्दै साहित्यकार सुरेश रानाभाटले उनलाई इमान र असल व्यक्तित्वको रुपमा प्रस्तुत गर्नुभयो । सेनलाई २०५९ साल जेठ ६ गते गिरफ्तार गरी त्यसको एक सातापछि जेठ १३ मा तत्कालीन महेन्द्र पुलिस क्लबमा चरम यातनापछि हत्या गरिएको थियो ।


पत्रकार सेन जनदिशा दैनिकका प्रधान सम्पादक हुनुहुन्थ्यो । साहित्यकार समेत रहेका सेनका शोकाञ्जलि’ शोककाव्य, इतिहासको यस घडीमा’ कवितासंग्रंह र तथा बन्दी र चन्द्रगिरी नामक काब्यका साथै मृत्यु पर्यन्त इच्छुक रचनावली लगायतका कृतिहरु प्रकाशित छन् ।
सेनले कमल साहित्यक त्रैमाशिकको संस्थापक सम्पादक र जनादेश साप्ताहिकका सम्पादक भएर पनि काम गर्नुभएको थियो ।

प्रकाशित मितिः शनिबार, जेष्ठ १३, २०७४     9:53:31 PM

Tara Chapagain

See all posts by

Leave a Reply

Your email address will not be published. Required fields are marked *