पोखरा, १३ जेठ ।
नेकपा एमालेले पोखरामा आज विजयी सभाको आयोजना गरेको छ । पोखराको अमरसिंहचौरमा हुने उक्त सभालाई नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले कास्कीले जनाएको छ ।
१९ वर्ष पछि सम्पन्न पहिलो चरणको स्थानिय तहको निर्वाचन मार्फत कास्कीका अधिकांस स्थानिय तहमा नेकपा एमालेका उमेदवारहरुले विजय प्राप्त गरेको खुसीयालीमा वृहद विजयी सभाको आयोजना गरिएको कास्कीका अध्यक्ष कृष्ण थापाले जानकारी दिनुभयो ।
विजयी सभामा कास्कीका पाँच वटै स्थानिय तहहरुबाट निर्वाचित जनप्रतिनिधि सहित हजाँरौ नेता तथा कार्यकर्ताहरुको सहभागीता रहने थापाले दावी गर्नुभयो । सभा पुर्व पोखराका दर्जनौ चोकहरुबाट विजय र्यालीहरु समेत निकालिने छन् । कास्कीको एक महानगर र तिन गाँउपालिकाको प्रमुख तथा उपप्रमुखमा नेकपा एमालेलेका उमेद्वारहरुले बाजी मारेका हुन् । यस्तै नेपाली कांग्रेसले प्रमुख पद जितेको अन्नपुर्ण गाँउपालिकाको उपप्रमुख पनि नेकपा एमालेले नै बाजी मारेको छ ।
महानगरका २० वटा वडामा प्यानल जित हात पारेको एमालेले अन्य दुई वटा वडामा समेत अध्यक्ष पद जितेको छ । एमालेले कुल निर्वाचित प्रतिनीधि मध्येको ७०.६६ प्रतिशत र कांग्रेसले २९.३४ प्रतिशत जितेका छन् । पोखरा लेखनाथ महानगरपालिकामा कुल १ सय ६७ जना निर्वाचित प्रतिनीधि मध्ये एमालेका १२८ सदस्य निर्वाचित भएका छन् ।
महानगरको मेयर, उपमेयर, २२ वटा वडामा वडा अध्यक्ष सहित ५ जनाको दरले १०० र मिश्रीतमा १६ सदस्य गरेर कुल ११८ सदस्य एमालेको पोल्टामा परेको हो । कांग्रेसले ७ वटा वडामा प्यानल जित दर्ता गर्दा ५ जनाको दरले ३५ र मिश्रीत परिणाम आएको वडामा १४ सदस्य जितेको कांग्रेसको कुल ४९ प्रतिनीधि निर्वाचित भएका छन् ।