नेपाली बिद्यार्थीका संभावना र चुनौती संबन्धि सेमिनार

पोखरा ११ जेठ
अस्ट्रेलियन एजुकेशन एण्ड माइग्रेसन कर्नर काठमाण्डौले अस्ट्ेलियामा नेपाली बिद्यार्थीका लागि संभावना र चुनौती विषयमा बिहिबार पोखरामा एक दिने सेमिनार आयोजना गर्यो । उक्त कार्यक्रमकै बिच उक्त कन्सल्टेन्सीको पोखरा ब्रान्च औपचारीक उद्घाटन समेत गरिएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै चरक हस्पीटल एण्ड नर्सीगं कलेजका प्रमुख युवराज आचार्यले हरेक बिद्यार्थी आँफुले पढ्न चाहेको विषय र क्षेत्र प्रति जानकार हुनु पर्ने बताउँदै कलेज छनौट गर्दा सोचविचार गरेर अघि बढ्नु पर्ने बताए । विदेशमा आर्जन गरेको शिक्षा र सिकेको सिप स्वदेशमा उपयोगी हुने गरी विषय छान्नु पर्नेमा उनले जोड दिएका थिए ।
अस्ट््ेलिया जान चाहने बिद्यार्थीका लागि उपर्युक्त परामर्श दिने उदेश्यले देशका बिभिन्न ७ वटा जिल्लामा उक्त कन्सल्टेन्सीको शाखा कार्यालय रहेका छन् । कन्सल्टेन्सीले टोफेल, आयलट्स लगायत कलेजका बिद्यार्थीका लागि ट्युसन क्लास संचालन गर्ने कार्यक्रममा जानकारी दिइएको थियो ।
अस्ट्रेलियन एजुकेशन एण्ड माइग्रेसन कर्नर पोखरा ब्रान्च प्रमुख कपिल पौडेलको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा रिजनल कलेज नयाँबजार का प्रिन्सिपल चन्द्रकान्त पौडेल, शिक्षा र बसाइसराइ बिज्ञ सुनिल उप्रेती, काठमाण्डौ ब्रान्च मेनेजर किशोर दुलाल, पोखरा इलेक्ट्रोनिक व्यवसायि महासंघका महासचिव नारायण सुवेदी लगायतले बोलेका थिए ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ १२, २०७४     3:52:51 AM

Tara Chapagain

See all posts by