चार महानगरपालिकाको पछिल्लो मतपरिणाम : तीनमा एमाले, एकमा कांग्रेस अघि.

काठमाडौं, ९ जेठ / पहिलो चरणको स्थानीय तहको चुनाव अन्तर्गत मतदान भएका चार महानगरपालिकामा अहिले मतगणना भइरहेको छ । काठमाडौं, ललिपुर, भरतपुर र पोखरा लेखनाथ नगरपालिकामा मतगणना भइरहेको हो । चार महानगरपालिका मध्ये तीनमा एमाले र एकमा कांग्रेसले अग्रता लिएको छ ।

अहिलेसम्म कहाँ कसको मत कति  ?

काठमाडौं महानगरपालिका

मेयर
एमाले विद्यासुन्दर शाक्य – ४१११५
कांग्रेस राजुराज जोशी – २९२३०
माओवादी केन्द्र सर्वोत्तम डंगोल – ४५३८
साझा किशोर थापा –११४८५
विवेकशिल रञ्जु दर्शना – १५१७५

उपमेयर
कांग्रेस हरिप्रभा खड्गी – ३७७२३
राप्रपा राजाराम श्रेष्ठ – २२४५६
माओवादी केन्द्र सुशीला पौडेल – ६०८७
साझा निरुपमा यादव – ७०८५

भरतपुर महानगरपालिका

मेयर
एमाले देवी ज्ञवाली – २६४१४
माओवादी केन्द्र रेणु दाहाल – २२८९६

उपमेयर
कांग्रेस पार्वती शाह – २६२५६
एमाले दिव्य शर्मा – २३७३८

पोखरा महानगरपालिका

मेयर
एमाले मानबहादुर जिसी – ३०२९१
कांग्रेसका रामजी कुँवर – २५५६२

उपमेयर
एमाले मञ्जुदेवी गुरुङ – ३१३५८
कांग्रेसकी सरस्वती गुरुङ – २५५५३

ललितपुर महानगरपालिका

ललितपुर महानगरपालिकाको मतगणना स्थगित भएको छ । एमालेले मतगणना स्थगित गर्न निर्वाचन कार्यालयमा उजुरी दर्ता गरेकाले गणना स्थगित भएको हो । २६ नम्बर वडासम्मको मतगणना सार्वजनिक हुँदासम्को नतिजा यस्तो छ :

मेयर
कांग्रेसका चिरीबाबु महर्जनले – २३५३९
एमाले हरिकृष्ण व्यन्जनकार – २३३३६

उपमेयर
कांग्रेस गिता सत्याल – १८५८९
साझा पार्टी शोभा शाक्य – १३२७४

प्रकाशित मितिः मङ्लबार, जेष्ठ ९, २०७४     8:57:51 PM

Ganesh Pahari

See all posts by