पढ्ने बानीको विकासका लागी पुस्तक छलफल पोखरामा

पोखरा, ६ जेठ,
 पढ्ने बानीको विकास गर्नका लागी हरेक महिनाको पहिलो शनिबार पुस्तक छलफल पोखरामा आज (शनिबार) बाट सुरु भएको छ । ह्वाट द बुक नामक क्लबको आयोजना र पोखरा सार्वजनिक पुस्तकालयको सहयोगमा सुरु भएको पुस्तक छलफल अन्तर्गत (शनिबार) पोखरामा बि.पि कोइरालाको “सुम्निमा” उपन्यासमाथि छलफल भएको थियो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख वक्ता विश्लेशक प्रा.डा. यामनाथ तिमिल्सिनाले वि.पि कोइरालाको “सुम्निमा” उपन्यास सत्य र असत्यको तराजुमा नजोखिने एउटा वृतान्त भएको बनाउनुभयो । कुनैपनि मानिस अप्राकृतिक हुन नहुने भन्दै उहाँले “सुम्निामा” उपन्यास विभिन्न आलोचना खेपेको कृति भएकाले नेपाली साहित्यप्रेमिले एकपटक पढ्नै पर्ने बताउनुभयो ।
मानिस जिवनवादी हुनुपर्ने, सत्य र असत्यको बिच बाटोलाई समन्वय गर्दै जिवन अगाडि बढाउनु पर्नेमा तिमिल्सिनाको जोड थियो । ह्वाट द बुक नामक क्लबका अध्यक्ष अविनास बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नविन सुवेदीले गर्नु भएको थियो । “रिड एण्ड व्रिड” भन्ने मुल उद्देश्यका साथ आयोजित कार्यक्रममा विभिन्न क्षेत्रमा आबद्ध ४० जना व्यक्तिहरुको सहभागिता रहेको थियो । हरेक महिनाको पहिलो शनिबार हुने पुस्तक छलफलमा अर्को महिना भने एफ. स्कट फ्रिजगर्लडको “द ग्रेट गेट्स्बी” उपन्यासमाथि छलफल हुने क्लबका अध्यक्ष अविनास बरालले जानकारी दिनुभयो ।
Type a message…
प्रकाशित मितिः आइतवार, जेष्ठ ७, २०७४     6:18:08 AM

Tara Chapagain

See all posts by