पोखरा १४ मा एमालेको प्यानल नै विजयी.

पोखरा, ६ जेठ/ पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १४ मा नेकपा एमालेका प्रेम बहाजुर कार्की क्षेत्री सहित प्यानल विजयी भएको छ ।शनिवार साझ सम्पन्न मतगणना अनुसार नेकपा एमालेको तर्फबाट उम्मेदवार प्रेम बहादुर कार्की क्षेत्री वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनले १८०६ मत ल्याएर जित हात पार्दा निकटतम प्रतिद्धन्दी कांग्रेसका बोध बहादुर कार्कीले १६७४ मत ल्याए ।

सो वडाको महिला सदस्यमा यशोदा केसी भट्टराई र दलित महिला सदस्यमा सुन कमली कामी निर्वाचित भए । भट्टराईले १७६० मत प्राप्त गर्दा कामीले १७३९ मत सहित निर्वाचित भएका हुन् ।

त्यस्तै खुल्ला दुई सदस्यमा जितेन्द्र जंग थापा १५०९ र ढोल बहादुर गुरुङ १५०६ मत सहित विजयी भएका छन् । एमालेले प्यानल सहित जित हात पारेको यो छैटौ वडा हो । यो सँगै एमालेले पोखरा लेखनाथ महानगरको १५ वडाको नतिजा सार्वजनिक हुदा ७ वटा वडामा जित हात पारेको छ ।

चुनाब चिन्ह मेयर उपमेयर

रुख: २०८४३ उपमेयर:  १९७७७

सुर्य मेयर: २३३१० : उपमेयर २१८०५

वडा न १४ अन्तिम परिणाम

चुनाब चिन्ह

रुख मेयर:  १५१७ उपमेयर: १५३१  वडा अध्यक्ष: १६७६

सुर्य मेयर: २१५० उपमेयर:  १८५६  वडा अध्यक्ष: १७९३

प्रकाशित मितिः शनिबार, जेष्ठ ६, २०७४     9:10:08 PM

Ganesh Pahari

See all posts by