फर्जी मत विवादले पोखराको सबै मतगणना स्थगीत.

पोखरा, ६ जेठ/पोखरामा जारी मतगणनामा फर्जी मतको भएको भन्दै पार्टीका एजेण्टहरु बाहिरिएपछि सबै मतगणना स्थगीत भएको छ ।

१४ सय भन्दा बढी मतगणना भएपछि एमालेको सूर्य चिन्हमा फर्जी छाप लगाएको मतपत्र भेटिएको अन्य दलको आरोप छ । फरक रंग र साविकको भन्दा ठूलो आकारको छाप लगाएको ८ भन्दा बढी मतपत्र भेटिएपछि मतगणना स्थगित भएको हो । फर्जी छाप लगाएको मतपत्र भेटिएको भन्दै एमाले वाहेकका दलले विरोध जनाएका छन् । एमालेले यसबारे केहि बताएको छैन । अन्य दलका प्रतिनिधिले भने फर्जी मतपत्र भएको आरोप लगाएका छन् ।

प्रकाशित मितिः शनिबार, जेष्ठ ६, २०७४     9:01:00 PM

Ganesh Pahari

See all posts by