पोखरा, ६ जेठ / नेपाली कांग्रेसले पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १२ को अध्यक्षमा जित हासिल गरेको छ । ३३ वडा मध्ये १२ वटा वडाको मत परिणाम सार्वजनिक हुदा कांग्रेसले आठौ वडामा अध्यक्ष जितेको हो ।
यसअघि ५ वटा वडामा प्यानल सहित र दुई वडामा मिश्रित परिणाम सहित जितेको कांग्रेसले वडानम्बर १२ मा वडाध्यक्ष र एक महिला सदस्य जितेको हो । वडानम्बर १२ को अध्यक्षमा कांग्रेस उम्मेदवार राम बहादुर कार्की १०४६ मत सहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी एमालेका ऋषिराम लामिछानेले ८२९ मत प्राप्त गरे ।
सोहि वडाको महिला सदस्यमा १०१४ मत सहित कांग्रेसकी सीतादेवी वास्तोला निर्वाचित भइन् । दलित महिला सदस्यमा एमालेको तर्फबाट उम्मेदवार विष्णु विश्वकर्मा निर्वाचित भइन् । खुल्ला सदस्यमा एमालेका उम्मेदवार निर्मल बहादुर थापा १०९५ र देशभक्त केसी १०६० मत सहित निर्वाचित भए ।
मतगणना संख्या 2611 | |||||||
चिन्ह/पद | प्रमुख | उपप्रमुख | वडाअध्यक्ष | महिला सदस्य |
दलित महिला सदस्य |
खुला सदस्य १ |
खुला सदस्य २ |
रुख | ८५३ | ९१७ | १०४६ | १०१४ | ९३१ | ८५६ | ८२५ |
सूर्य | १२४५ | ९७० | ८२९ | ९६९ | १०१३ | १०९५ | १०६० |