पश्चिम क्षेत्रअन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरु.

कास्की: सवारी दुर्घटना

मिति २०७४।०२।०५ गते अं.०९:२० बजेको समयमा जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका-३१ देउराली खोला स्थित सोही स्थान बस्ने पुर्ण बहादुर तामाङको छोरा वर्ष ५को समिर तामाङलाई मोटरसाईकलले ठक्कर दिदा घाईते भई उपचारको लागी मणिपाल अस्पताल पठाईएको छ । उक्त स्थानमा प्रहरी टोली खटीगई घटनाका विषयमा थप अनुसन्धान गरीरहेको छ ।

पर्वत : झुण्डी मृत अवस्थामा फेला

मिति २०७४।०२।०५ गते विहान अं.०४:३० बजेको समयमा जिल्ला पर्वत माहाशिला गाउँपालीका-४ धनवासे वस्ने वर्ष ५३/५४ को तेज वहादुर खाण आफ्नै घर नजिकै लुगा सुकाउने बाँसको बलोमा नाईलनको डोरीको पासो लगाई झूण्डी मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटीगई घटनाका विषयमा थप अनुसन्धान गरीरहेको छ ।

रुपन्देही : छत बाट लडी मृत्य

मिति २०७४।०२।०५ गते अं.०६:३० बजेको समयमा जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालीका ८ बस डिलुवा स्थित सन्तोष चौधरीको घरमा खाना खाई छतमा सुतेको अवस्थामा सोही नगरपालीका ११ एयरपोर्ट बस्ने वर्ष २५ को ईन्द्र जित साहानी, जिल्ला रौतहट धमौरा ४ बस्ने राज पाल र जिल्ला भारत घर भएका मुबारक खान सगै खाना खाई सुतेको अवस्थामा एक्कासी बिहान नजिकको पसलेले निज ईन्द्र जित साहानी भुईमा लडेको अवस्थामा देखि उपचारको लागि भिम अस्पताल लगेकोमा निज लाई डाक्टरले मृत घोषणा गरेका छन् । उक्त स्थानमा प्रहरी टोली खटी गई घटनाका विषयमा थप अनुसन्धान गरीरहेको छ ।

रुपन्देही: झुण्डी मृत अवस्थामा फेला

मिति २०७४।०२।०५ गते अं. ०६:३० बजेको समयमा जिल्ला रुपन्देही सैनामैना ११ बिचौवापुर बस्ने वर्ष ५० को चिन्कु थारु घर नजिकै रहेको सिताफलको रुखमा पलास्टिकको डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छन भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटी गई घटनाका विषयमा थप अनुसन्धआन गरीरहेको छ ।

रुपन्देही : ईट्टाले प्रहार गरी हत्या

मिति २०७४।०२।०४ गते अं. २२:३० बजेको समयमा जिल्ला रुपन्देही तिलोतमा नगरपालिका ११ कटानि स्थित लाल बहादुर नेपालीको बन्दै गरेको नया घरमा सोही स्थान बस्ने वर्ष ४५को तिल बहादुर थापा र निजको साथी घर बनाउने काम गर्ने भारत ठुटिबारी घर भएका वर्ष ३५का मौलौ भारती संगै बसी रहेको बेला निज तिल बहादुर थापाको सहदर भाई बस्ने वर्ष ३६को श्याम बहादुर थापा एकासी आई आफ्नै दाजु तिल बहादुर थापालाई ईट्टाले हानि घाईते बनाएको भन्ने खबर मिति:-०७४।०२।०५ गते राती:०१:०० बजे प्रप्ता हुना साथ प्रहरी टोलि खटि गएको थियो ।

घटनाका विषयमा सोधपुछ गर्दा केही दिन पहिला दाजु भाई बिच जग्गाको बिषयमा विवाद भएको र आज एकासी ईट्टाले हानि घाईते बनाई उपचारको लागि लुम्बिनी अञ्चाल अस्पताल बुटवलमा ल्याउदै गर्दा ऐ.०१:४५ बजे बाटोमानै मृत्यु भएको भनि डाक्टरले मृत घोषण गरेका छन् । निज तिल बहादुर थापाको साथी भारत घर हुनेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  कुटपिट गर्ने निजका भाई फरार रहेकाले प्रहरीले उनको खोजीकार्य जारी राखेको । साथै घटनाका विषयमा थप अनुसन्धान पनि गरीरहेको छ ।

                                                                  

प्रकाशित मितिः शुक्रबार, जेष्ठ ५, २०७४     8:49:28 PM

Tara Chapagain

See all posts by