कास्कीको अन्नपुर्ण गाउँपालिकामा ट्याक्टर पल्टिदा दुईको मृत्यु.

पोखरा ५ जेठ । कास्कीको अन्नपुर्ण गाउँ पालिकामा ट्याक्टर दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । शुक्रवार अन्नपुर्ण गाउँपालिका अन्र्तरगत वडा न ४ भदौरेमा ग १ त ३६२३ नम्बरको ट्याक्टर दुर्घटना हुदा १७ वर्षिय अजय गुरुङ र ५० वर्षिया रामसिङ नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । बाटोको लागि ढुङगा ल्याउदै गरेको ट्याक्टर सडकबाट तल खसेको हो । ट्याक्टरको चालक फरार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ ५, २०७४     8:45:52 PM

Ganesh Pahari

See all posts by