पोले ६ मा काग्रेसको बिजय जुलुस.

गणेश पहारी, पोखरा, ४ जेठ । पोखरा लेखनाथ महानगर पालिका बडा नं ६ मा बडा अध्यक्ष पदमा बिजय भएको खुशियालीमा नेपाली काग्रेस बडा इकाई बैदाम ६ ले बाजागाजा सहित खुशियालिमा बिजय जुलुस विहिबार निकालेको छ । बडा इकाई बैदामले आयोजना गरेको उक्त विजय र्यालीमा बडाका नेता, कार्यकर्ता र शुभेच्छेकहरुको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो ।

जुलुसमा सहभागि बिजयी उम्मेदबारलाई स्थानियहरुले फुल, माला र खादाले स्वागत सहित सम्मान गरेका थिए । बिजयी उम्मेदबार जगत बहादुर पहारीले घरदैलो गर्दा आफुलाई मतदान गरी सहयोग गर्ने प्रति आभार ब्यक्त गर्दै आफुले बाचा गरेका कामहरु तदारुक्ता साथ गर्ने बचन बद्धता समेत ब्यक्त गरेका थिए । अध्यक्षका विजयी उम्मेदबार पहारीले आफ्ना प्रतिद्धोन्दी नेकपा एमाले उम्मेदबार हेमकुमार श्रेष्ठलाई करिब १९५ मतले पछि पार्दै बिजय हासिल गरेका थिए ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ ४, २०७४     9:49:46 PM

Ganesh Pahari

See all posts by