स्थानीय तहको संख्या थप गर्न गच्छदार नेतृत्वमा समिति गठन.

काठमाडौं,२९ वैशाख /सरकारले स्थानीय तहको संख्या थप गर्ने सम्वन्धमा अध्ययन गर्न स्थानीय विकास मन्त्री विजयकुमार गच्छेदारको संयोजकत्वमा समिति गठन गरेको छ । शुक्रबार सांझ प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको मन्त्री परिष्द् बैठकले उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री गच्छेदारको संयोजकत्वमा रक्षामन्त्री बालकृष्ण खाँड र कानूनमन्त्री अजयशंकर नायक समेत सदस्य रहेको तीन सदस्यीय समिति गठन गरेको हो । समितिलाई स्थानीय तहको संख्या वृद्धि सम्बन्धमा अध्ययन गरी ५ दिनभित्र सुझाव सहितको प्रतिवेदन प्रस्तुत गर्न भनिएको छ ।

प्रकाशित मितिः शुक्रबार, बैशाख २९, २०७४     9:08:04 PM

Ganesh Pahari

See all posts by