पोखरामा काग्रेसको चुनाव प्रचारका लागि पदयात्रा.

पोखरा, २७ बैशाख /नेपाली काग्रेस कास्कीले पोखरा लेखनाथ महानगरका उम्मेदवारहरुले प्रचार अभियानलाई तिब्रता दिएका छ । घरदैलो र वडा स्तरीय चुनावी सभामा सहभागी हुदै आएका पोखरा महानगरका कांग्रेस उम्मेदवार बुधवार विहान एक साथ पोखराको सडकमा देखिए ।

प्रचारका क्रममा आयोजना गरिएको पदयात्रामा महानगरको लागि कांग्रेसको तर्फबाट मेयर, उपमेयरका उम्मेदवार सहित ३३ वटै वडाका उम्मेदवारहरु उपस्थित थिए । कांग्रेस कास्कीको पार्टी कार्यालय चिप्लेढुङ्गाबाट सुरु भएको पदयात्रा महेन्द्रपुल, नयाँबजार, पृथ्बीचोक, सभागृह, न्यूरोड हुदै पुन चिप्लेढुङ्गामै आएर टुङ्गिएको थियो । पदयात्रामा कांग्रेस केन्द्रिय सदस्य शेखर कोइराला, अर्का केन्द्रिय सदस्य एबं स्वास्थ्यमन्त्री गगन थापा, पूर्व सभामुख तारानाथ रानाभाट, सांसद यज्ञ बहादुर थापा, शारदा पौडेल सहित जिल्ला स्तरीय नेताहरुपनि सहभागी भएका थिए ।पदयात्रापछि आयोजित सभालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य कोइरालाले पोखरा महानगरको सुशासन र संबृद्धीका लागि कांग्रेसका उम्मेदवारले जित्नुपर्ने बताए ।

स्वास्थ्यमन्त्री समेत रहेका केन्द्रिय सदस्य गगन थापाले जात र धर्मको नाममा अर्को द्धन्द सिर्जना गर्ने प्रयत्न भैरहेको आरोप लगाए । कास्की कांग्रेसका सभापति कृष्ण केसीले पोखराको मेयरका लागि भएको राष्ट्रिय सहमति अनुसार माओबादी केन्द्रले साझा उम्मेदवार मानेकाले कांग्रेसको जित सुनिश्चित रहेको बताए । कांग्रेसको तर्फबाट पोखरा लेखनाथ महानगरको मेयरमा रामजी कुँवर र उपमेयरमा सरस्वती गुरुङ चुनावी मैदानमा छन् ।चुनावी प्रचारका क्रममा एमालेले पनि बिहीबार मेयर र उप मेयरका साथै महानगरका सबै उम्मेदवारका साथमा पदयात्रा गर्दै छ ।

प्रकाशित मितिः बुधबार, बैशाख २७, २०७४     9:13:05 PM

Ganesh Pahari

See all posts by