रौतहटमा ट्रयाक्टर र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु.

रौतहट, वैशाख २७/ ट्रयाक्टर र मोटरसाइकल ठोक्किँदा रौतहटमा दुईजनाको ज्यान गएको छ । रौतहटको दुर्गा भगवती गाउँपालिका–७ राजपुर तुलसीमा मंगलबार बेलुका ना ३ त ३६५० नम्बरको ट्रयाक्टर र अन टेस्ट मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसायकल चालक चन्द्रपुर नगरपालिका–९ का ४५ वर्षका राजेश राम र मोटरसाइकलको पछाडी बसेका चन्द्रपुर नगरपालिका–११ का ६० वर्षका बैजु रामको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको उपचारको क्रममा नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मितिः बुधबार, बैशाख २७, २०७४     7:26:44 AM

Ganesh Pahari

See all posts by