नेपाली काग्रेसको नेतृत्वमा नेपाली जनताले नयाँ सविधान पाएका छन ः गगन थापा

गणेश पहारी, पोखरा २६ बैशाख । नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा स्वास्थ्य मन्त्रि गगन कुमार थापाले नेपाली काग्रेसको नेतृत्वमा नेपाली जनताले नयाँ सविधान पाएको बताएका छन । पोखरा लेखनाथ महानगर बडा इकाई ६ बैदामले मंगलबार आयोजना गरेको कोणसभामा बोल्दै उनले नेपाली काग्रेस पहिलो संविधान सभामा द्रोस्रो भयो नेपालमा ४ बटा बामपन्थीका प्रधानमन्त्री बने तर संविधान बनेन सत्ताका लागि लाछी चुडि गरे द्रोस्रो सविधान सभाको चुनाब भएर जब नेपाली काग्रेस पहिलो पार्टी बन्यो नेपाली काग्रेसको नेतृत्वमा सरकार बने पछि काग्रेसकै अगुवाई नयाँ संविधान नेपाली जनताले पाएका बताउदै अबको स्थानिय सरकारको नेतृत्व पनि नेपाली काग्रेस बनाएमा यस क्षेत्रको विकास हुने बताए ।

मुलुकको विकास र समृद्धिका लागि नेपाली काग्रेसको को स्पष्ट नीति र कार्यक्रम रहेको बताउँदै उनले भने, ‘वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन कार्यकर्तालाई संगठित भएर लाग्नुपर्छ ।’ अहिले पहाड र मधेसलाई उचालेर धोको राजनिति गर्ने खोजेको उल्लेख गर्दै यस्ता पार्टी प्रति नेपाली जनता सचेत हुनु पर्नेमा जोड दिए । नेकपा एमाले आफ्नो लकर र बैङबाट निकालेर बृद्ध भत्ता बाडेको होइन भन्दै नेपाली काग्रेसले गरेका राम्रा कामको प्रचार प्रसार गर्नुको लागि कार्यक्रता आब्हान गरेका छन ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्रि थापाले नेपाली काग्रेसले जे भन्छ तेही गर्छ भन्दै जात र धर्मका नाम झगडा गराउने बामपन्थि सचेत हुन आग्रह गरेका छन । पोखरा लेखनाथ महानगर पालिका मेयर प्रत्यासिका उम्मेदवार रामजी कुवँरले पोखरा लेखनाथमा रहेका प्राकृतिक श्रोत साधनको भरपुर उपयोग गर्दै विकास र समृद्धिका लागि लाग्ने प्रतिवद्धता व्यक्त गरे । आफु पनि टे«ड युनियन अन्तर्गतबाट राजनीति गरेको उल्लेख गर्दै उनले अंसगठित मजदुरलाई संगठित गर्दै सामाजिक सुरक्षाको लागि प्रत्याभूति हुने गरी काम गर्ने विश्वास दिलाए । ‘मजदुरलाई सामाजिक सुरक्षाको अनुभूति हुने गरी काम गर्छु ।’ उनले भने—‘त्यतिमात्रै नभई दुर्घटना विमा, स्वास्थ्य विमा,े लगायतका अन्य विमा गरेर सुरक्षाको प्रत्याभूति गराउने छौं ।’

मजदुरलाई सक्षम र सुविधा दिने विषयमा काँग्रेसले मात्रै मजदुर मैत्री नीति अवलम्बन गरेको स्पष्ट पारे । आर्थिक दुराबस्थाको कारण जेष्ठ नागरिक स्वास्थ्य उपचारबाट बन्चित हुनुहुदैन् भन्ने हाम्रो ध्येय हो ।’ उनले भने—‘निशुल्क उपचारको लागि काँग्रेसले अभियान शुरु गर्ने छ ।’ उनले काँग्रेसले जितेको अवस्थामा यो अभियानलाई सयदिनभित्र कार्यान्वयन गर्ने प्रतिबद्धता समेत जनाए । उनले जेष्ठ नागरिकको लागि पब्लिक बसमा निःशुल्क भाडाको समेत व्यवस्था गर्ने सुनाए ।

कार्यक्रममा नेपाली काग्रेसका कास्की पूर्व सभापति सोभियत बहादुर अधिकारी, सभासद बृन्दा राना मगर, नेपाल ट्रेय यूनियनका महासंघका केन्द्रिय अध्यक्ष खिलनाथ दहाल, बडा न ६का अध्यक्ष प्रत्यासी जगतबहादुर पहारी र शिशिर पहारी लगाएतका बक्ताहरुले स्थानिय निकाएको समंबृद्धिका र विकासको लागि नेपाली नेपाली काग्रेका उम्मेदबारहरुलाई जिताउन आग्रह गदै आफ्ना भनाई राखेका थिए ।
नेपाली काग्रेस बडा इकाई ६ बैदाममा सभापति बलराम गिरीको सभाअध्यक्षमा भएको कार्यक्रममा स्वागत मनतब्य  सन्तोष पौडेल गरेका थिए । नेपाली काग्रेस पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ बाट अध्यक्षमा जगतबहादुर पहारी, महिल सदस्य मन्दरा ढकाल , दलित महिला सदस्य मनसुवा सुनार विक र खुल्ला सदस्यहरु गोबिन्दबहादुर पहारी र यमबहादुर श्रेष्ठ उमेदवार रहेका छन । चर्चित दोहोरी गायक कृण्ण देवकोटा, ज्योति लोहोनी र चोलेन्द्र पौडेलले गीतमार्फर्त नेपाली काग्रेसलाई मतदान गर्न आव्हान गरेका

प्रकाशित मितिः मङ्लबार, बैशाख २६, २०७४     11:09:53 PM

Ganesh Pahari

See all posts by