काँग्रेसले अनावश्यक आश्वासन बाँड्दैन–कुँवर.

पोखरा, २४ वैशाख /नेपाली काँग्रेसको तर्फबाट पोखरा लेखनाथ महानगरपालिकामा प्रमुखको दावेदारी दिएका उम्मेदवार रामजी कुवँरले काँग्रेस कार्यान्वयन गर्ने पार्टी भएकाले अनाबश्यक आश्वासन नबाँड्ने प्रतिबद्धता जनाए । ‘काँग्रेसले जनतामा अनावश्यक आश्वासनको पोको बाँड्दैन । गर्न नसकिने कामलाई लिएर आश्वासन मात्रै दिएर हुँदैन ।’ उनले भने–‘आश्वासनले मानिसलाई कमजोर बनाउँछ । कमजोर बनाउने पार्टी काँग्रेस होईन ।’ गफ चुटेकै भरमा समाज समृद्ध नहुने भन्दै उनले योजनाबद्ध विकासका लागि प्रतिबद्धता आवश्यक रहेको बताए ।  आफनो उम्मेदवारी सिंगो पार्टीको भएको उल्लेख गर्दै कुवँरले समृद्ध महानगरपालिका बनाउन अर्जुनदृष्टीले काम गर्नुपर्ने बताए । ‘गफ चुटेकै भरमा अरु सत्तामा पुगेका छन् । काँग्रेसले ढाँट्न जानको छैन ।’ उनी भन्छन्–इतिहासको ब्याख्या गरेर मात्रै हुँदैन ।

विकासका लागि भिजन चाहिन्छ, त्यो हामीसँग छ ।’ चुनावी प्रचार अभियान अन्तर्गत प्रमुखका उम्मेदवार रामजी कुँवर र उपप्रमुखकी उम्मेदवार सरस्वती गुरुङ आईतबार पोखरा ३२ सहित २८ र ३१ नम्बर वडामा पनि घरदैलो भएको थियो । घरदैलोका क्रममा सहभागीहरुले नेपाली काँग्रेसले महानगरका स्थानीय आवश्यक्ता र जनताका चाहना पूरा गर्दै समृद्ध महानगर बनाउने प्रतिबद्धता जनाए ।

कार्यक्रममा वडा नम्बर ३२ का वडाध्यक्षका उम्मेदवार अक्कल बहादुर कार्की, महिला सदस्य नरमायाँ गुरुङ, दलित महिला सदस्य गोमा विक, सदस्यहरु धर्म बहादुर बस्नेत र मिन बहादुर गुरुङ, ३१ नम्बर वडामा अध्यक्षका उम्मेदवार सरदराज सुवेदी, महिला सदस्य मिना तिवारी, दलित महिला सदस्य मिना सार्की तथा सदस्यहरु लेखनाथ ढकाल र रवीराज कँडेल, २८ नम्बर वडाका अध्यक्षका उम्मेदवार विकास गुरुङ, महिला सदस्य शिबकुमारी त्रिपाठी, दलित महिला सदस्य इन्द्रकला विक तथा राजेश अधिकारी र राधाकृष्ण तिवारी समेत सहभागी थिए । कार्यक्रममा काँग्रेस कास्की सभापति कृष्ण केसी, पूर्व महामन्त्री तारानाथ रानाभाट, केन्द्रिय सदस्य प्रदिप पौडेल, जिल्ला सचिव सुदिपमोहन भट्टराई, देवेन्द्र रानाभाट, राजेन्द्रमणी लामिछाने लगाएतले बोलेका थिए ।

यसैबीच, पोखरा लेखनाथ २४ कास्कीकोटमा पनि घरदैलो गरिएको छ । सोही अवसरमा एमाले यूवा परिचालन समितिका तीनजना काँग्रेस प्रबेश गरेका छन् । सागर सुवेदी, लालबहादुर रानामगर र प्रकाश भट्टराई एमाले त्यागेर काँग्रेसमा प्रबेश गरेका थिए । वडाध्यक्षका उम्मेदवार भरत बहादुर अधिकारी सहितको टोलीले घरदैलो अभियान अन्तरगत कास्कीकोटको धावादेखि लौरुकसम्मका नागरिकसँग भेटघाट भएको काँग्रेस नेता बेदहरी तिमिल्सीनाले जानकारी दिए ।

पोखरा लेखनाथ महानगरपालिका २३ मा पनि घरदैलो कार्यक्रम भएको छ । वाम्दी, चापाकोट, घडेरी लगाएतका ठाउँमा घरदैलो कार्यक्रम गरिएको वडाध्यक्षका उम्मेदवार बिष्णु प्रसाद पराजुलीले जानकारी दिए । किसान संघ कास्कीका सभापति भेषराज पराजुलीको नेतृत्वमा वडाध्यक्षका उम्मेदवार पराजुली सहित महिला सदस्य गीता भट्टराई, दलित महिला सदस्य यमकुमारी सुनार तथा सदस्यहरु दुर्गा बहादुर घले र भरतराज भण्डारी लगाएतको टोलीले सर्वसाधारणसँग साक्षात्कार गरेको थियो । कार्यक्रममा पार्टी सभापति रामकाजी गुरुङ, नेविसंघ कास्कीका पूर्व सभापति लक्ष्मी प्रसाद पौडेल, प्रचार समितिका सहसंयोजक हरिभक्त पौडेल समेत सहभागी थिए ।

काँग्रेसले पोखरा लेखनाथ महानगरको ३३ नम्बर वडामा घरदैलो आइतबार गरेको छ । वडाको चौवादी, बरपौवा, बरमाझथर, वनपाले, डाँडागाउँ, गैह्रागाउँ दुलेगौँडासम्म घरदैलो गरिएको काँग्रेस नेता गुरुप्रसाद पौडेलले जानकारि दिए । वडा नम्बर १३ मा पनि घरदैलो भएको छ । आईतबार महानगरको बिकट गाउँ बिजयपुरका सर्वसाधारणसँग अन्तरक्रिया तथा गुनासो संकलन गरिएको प्रचार समिति सदस्य केदार सिग्देलले जानकारी दिए । वडाध्यक्षका उम्मेदवार बजिरमाज श्रेष्ठको नेतृत्वमा कार्यक्रम भएको थियो । कार्यक्रममा सदस्यका उम्मेदवार दिपक गुरुङ, राम बराल, महिला सदस्य तारा बराल र दलित महिला सदस्य हस्तीमाया विक लगाएतको सहभागीता थियो ।

प्रकाशित मितिः आइतवार, बैशाख २४, २०७४     10:15:26 PM

Ganesh Pahari

See all posts by