जनप्रिय माबीको ४३ औं वार्षिकोत्सब सम्पन्न

पोखरा ।

फेदिखोला गाउँपालिका वडा नं. ३ भाटखोला स्याङ्जामा रहेकोे जनप्रीय माबिको ४३ औं बार्षिकोत्सब तथा अभिभावक दिवस शुक्रबार सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि सहायक जिल्ला शिक्षा अधिकारी बाबुराम सापकोटाले कार्यक्रमको उद्घाटन गर्दै शिक्षाको महत्व भन्दा पनि शिक्षा क्षेत्रमा आएको विकासलाई संस्थागत गर्नुपर्ने आवश्यकताको रहेको बताए । साथै उनले विद्यालयको शैक्षिक सत्र ०७४÷७५ को विद्यालयको शैक्षिक क्यालेन्डर बिमोचन गरिएको थियो ।
सो चन्दादाता दयाराम लामिछाने, सल्लाहकारहरु गोबिन्द रानाभाट, ऋषिराम लामिछाने, बिब्यस सदस्य गिता शर्मा, शिक्षक अभिभावक संघकि अध्यक्ष कमला रानाभाट, विद्यार्थी करुणा रानाभाटले अबसरमा बोलेका थिए ।
उक्त कार्यक्रममा प्रधानाध्यापक रामप्रसाद शर्माले बिद्यालयको बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै बिधालयले अंग्रेजी माध्यममा कक्षा सम्म पढाई गर्दै आएको बताए । उनले शिक्षा सेवि स्थानीय बासिन्दाहरु अनबरतको सहयोगले विद्यालयले ४३ बर्ष पूरा गर्न सफल भएको बताए ।
पुरानो घर साबिक भाटखोला गाविस वडा नं. ५ चारघरे हाल पोखरा लेखनाथ महानगरपालिका ९ दरबारथोक निवासी पुर्णबहादुर रानाभाटका छोराहरुले बुबा पुर्णबहादुर र आमा झ्यापु रानाभाटको सम्मानमा सम्मान शैक्षिक कोष स्थापना गरेका छन् । कोषको राशी एघार हजार एक सय ११ रहेको छ।
गत वर्ष बुबाको चौरासी पुजाको अवसरमा पुजा साधारण रुपमा सम्पन्न गरेर फजुल खर्च वचाई सोही रकम रु एक लाखको पुर्णबहादुर÷झ्यापु रानाभाट प्रतिष्ठान स्थापना गरिएको र सोही रकमको प्राप्त व्याज रकम स्कुलमा अक्षयकोषको स्थापना गरेको छोरा बुद्धिबहादुर रानाभाटले वताए।

प्रकाशित मितिः शनिबार, बैशाख २३, २०७४     5:15:49 AM

Tara Chapagain

See all posts by