चुनावी प्रचारमा सभासद् पनी उम्मेदवार सँगै.

लेखनाथ २२ वैशाख/नेपाली काग्रेस कास्कीमा चुनावी प्रचारमा उम्मेदवार सँगै सभासद् समेत प्रचारमा जुटेका छन् । नेपाली काग्रेस कास्की क्षेत्र नं १ वाट प्रत्यक्ष निर्वाचीत सांसद् यज्ञ व थापा चुनवी अभियानमा जुटेका छन् । संसदिए चुनावमा यस क्षेत्रवाट मलाई जिताउनु भयो सकेजती यस क्षेत्रको विकासका लगी योगदान गरी राखेको नै छु अव स्थानिय निकायको चुनावमा समेत अध्यधिक वहुमतका साथ नेपाली काग्रेसलाई जिताउन आग्रह गरे ।

उनले शुक्रवार पोखरा लेखनाथ महानगरपालीका वडा नं २६ का वडा अध्यक्षका उम्मेदवार मुरारी शर्मा सँगै जनताको घर दैलोमा हिँडेका छन् ।त्यसै गरी नेपाली काग्रेसका साँसद् जिवन परियार पनी चुनावी अभियानमा हिंडेका छन् । उनकै गृह क्षेत्र रुपा गाउँपालिकामा अध्यक्षका उम्मेदवार प्रकाश मोहन खनाल सँगै चुनावी अभियानमा जुटेका छन् । जनता सँग माया र प्रेम सँगै अव स्थानिय विकास र समृद्ध रुपा गाउँपालीका वनाउन काग्रेसलाई भोट दिन आग्रह गरे ।

प्रकाशित मितिः शुक्रबार, बैशाख २२, २०७४     10:04:21 PM

Ganesh Pahari

See all posts by