एकिकृत राष्ट्रीय प्रजातन्त्र पार्टी (राष्ट्रवादी ) गठन.

पोखरा, २२ वैशाख । स्थानिय निर्वाचनको संघारमा कास्कीमा नया पार्टी गठन भएको छ । रेवती रमण आचार्यको अध्यक्षतामा वसेको भेलाले २९ सदस्यीय एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी ( राष्ट्रवादी) गठन गरेको हो । नवगठित पार्टीको अध्यक्षमा रेवतीरमण आचार्य रहेका छन् । पार्टीको उपाध्यक्षमा पार्वती गौतम, खिमवहादुर थापा र ईन्द्रवहादुर सुवेदी रहेका छन ।

त्यसैगरी सचिवमा कृष्ण विक्रम राणा, सह सचिवमा वावुराम आचार्य, कोषाध्यक्षमा होमविलास सापकोटा, सह कोषाध्यक्षमा सुनिल गुरुङ रहेका छन ।यसैगरी सदस्यमा खिम वहादुर थापा, दिलवहादुर कार्की, डुमवहादुर गुरुङ, किर्तिराज पौडेल, देववहादुर कार्की, टेकवहादुर कार्की, मेखनाथ लामिछाने, भ्रुव रिजाल, चुडामणी पराजुली, ध्रुव केसी, सिता वराल, निरा थापा, रामवहादुर केसी, जीवनवहादुर ताम्राकार, डम्वरवहादुर गुरुङ, धुजा गुरुङ, त्रिलोचन सापकोटा, डिलराज वराल, भगवान भण्डारी, राजु केसी, मनोरथ वास्तोला रहेको अध्यक्ष आचार्यले जानकारी दिए ।

प्रकाशित मितिः शुक्रबार, बैशाख २२, २०७४     10:01:12 PM

Ganesh Pahari

See all posts by