प्रधानन्यायाधीश कार्की शुक्रबार साँझ काममा फर्किइन्.

काठमाडौं,२२ वैशाख/सर्वोच्च अदालतको अन्तरिम आदेशपछि प्रधानन्यायाधीश सुशीला कार्की शुक्रबार साँझ नै काममा फर्किएकी छन् ।सर्वोच्चका न्यायाधीश चालेन्द्रशम्शेर जबराको इजलासले शुक्रबार महाअभियोगको प्रक्रिया अघि नबढाउन र कार्कीलाई काममा र्फकन आदेश दिएको थियो ।

सुुरुमा सर्वोच्च प्रशासनले कार्की आइतबार मात्र काममा फर्कने बताएको थियो । तर, प्रधानन्यायाधीश कार्की अबेर अदालतमा उपस्थित भएर हाजिर गरेकी छन् । ‘सर्वोच्चले आजै काममा र्फकनु भएकाले उहाँ आएर हाजिर गर्नुभयो र केही प्रशासनिक निर्णय पनि गर्नु भएको छ’ सहायक प्रवक्ता पुष्पराज पौडेलले भने । प्रधानन्यायाधीश कार्कीले न्यायिक काम भने आइतबारबाट गर्नेछिन् ।

प्रकाशित मितिः शुक्रबार, बैशाख २२, २०७४     9:04:36 PM

Ganesh Pahari

See all posts by