हेटौंडामा पाँचवटा स्काभेटरमा आगजनी.

मकवानपुर, २२ वैशाख / हेटौंडाको शिवम् सिमेन्ट उद्योग लिमिटेडमा रहेका पाँचवटा स्काभेटरमा नचिनेका मान्छेको समूहले शुक्रबार बिहान आगजनी गरेका छन् ।

गढी गाउँपालिका–७ सुकैराको खानीमा रहेका पाँचवटा स्काभेटरमा बिहान ३ बजेतिर नचिनेका व्यक्तिको समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बसन्तकुमार लामाले बताउनुभयो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः शुक्रबार, बैशाख २२, २०७४     6:11:41 PM

Ganesh Pahari

See all posts by