पोखराको आर्वा स्थित बडा न १३ मा गएराती ठुलो आगलागी, एक करोडको बराबरको क्षती.

पोखरा, २१ वैशाख /बुधबार राति राती पोखरा लेखनाथ महानगरपालिकाको बडा न १३ स्थीत एक घरमा आगलागी हुदा ठूलो धनजनको मात्रामा क्षती भएको छ । पोखरा १३ आर्वा निवासी टंकानाथ सुबेदीको घरमा आगलागी भएका हो ।

राती करिब २ बजे तिर लागेको आगोका नियन्त्रणमा नआउदा  दुई तले घर र सामानहरु जलेर जलेर नष्ट हुदा करिब    १ करोडको क्षती भएको प्रहरीले जानकारी दिएको छ । ‘विजुली सट् भएर आगो लागे छ,’ राती नै आगो नियन्त्रणमा नआउदा ठूलो मात्रमा धनमालको नष्ट भएको सोहीका स्थान निवासी भने पत्रकार श्रीराम सिग्देलले भने ‘राती नै आगो निभाउन गएका थियो, तर आगो ठुलो भईसकेका कारण नियन्त्रणमा लिन सकिएन ।’

राती करिब दुई बजे तिर आगोलागे पछि आगोको रापले उज्यालो भएर घरमा सुति रहेका परिवारले थाहा पाए पछि बाहिर निस्केर बाच्न सफल भएको उनले जानकारी दिए । उनले घरमा रहेको धान, मकै, कोदो लत्ता कपडा, पैसा सबै जलेर नस्ट भएको बताए । आगो निभाउन राती नै पुगेको भए पनि ग्यासको सिलिण्डर ठुलो आवाजका साथ पड्कीए पछि आगो नियन्त्रणमा लिन नसकिएको बताए । आगोलाई रातिनै दमकलको सहायताले नियन्त्रणमा लिएको उनको भनाइ रहेको छ  ।

प्रकाशित मितिः बिहिबार, बैशाख २१, २०७४     10:50:57 PM

Ganesh Pahari

See all posts by