दोस्रो चरणको निर्वाचन जेठ १५ अगाडी नै नेता -नेपाल.

पोखरा, २१ वैशाख/नेकपा एमाले नेता माधव कुमार नेपालले जेठ १५ अगाडी नै दोस्रो चरणको निर्वाचन गर्नु पर्ने बताएका छन् । प्रेस चौतारी कास्कीले विहीबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले तीनवटा कारण जेठ १५ अगाडी नै दोस्रो चरणको निर्वाचन गर्नु पर्ने बताए ।

उनले दुईवटा निर्वाचनको ग्याप बढि भएको, मुसल्मान धर्मालम्बिहरुको चाड सोही समयमा परेको, बजेट पछि निर्वाचन हुदा बजेटले निर्वाचन प्रभावीत पार्ने खालको बजेट आउने बताए ।उनले अर्को चरको निर्वाचन कुनै पनि हालतमा नरोकिने बताउदै रोक्न खोज्नेलाई जनताले तिरस्कृत,बहिस्कृत गर्ने बताए । उनले प्रधानन्याधीसलाई लगाएको महाअभियो फिर्ता हुनु पर्ने बताए ।

प्रकाशित मितिः बिहिबार, बैशाख २१, २०७४     9:59:22 PM

Ganesh Pahari

See all posts by