आइपिएल : स्टोक्सले बनाए १०३ रन, पुणेले जित्यो.

वैशाख १९ /इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत सोमबार राति भएको  खेलमा राइजिङ पुणे सुपर जाइन्टस् विजयी भएको छ । पुणेमा भएको खेलमा पुणेले गुजरात लायन्सलार्य पाँच विकेटले हराएको हो । गुराजतले प्रस्तुत गरेको एक सय ६२ रनको लक्ष्य पुणेले एक बल बाँकी हुँदा पाँच विकेटको क्षतिमा भेट्टायो ।

पुणेका लागि बेन स्टोक्सले शतकीय पारी खेले । स्टोक्सले ६३ बलमा ७ चौका र ६ छक्काको मद्दतमा नटआउट एक सय तीन रन बनाए । यस्तै महेन्द्र सिंह धोनीले २५ रनको योगदान दिए । गुजरातका प्रदिप सङवान र बासिल थाम्पीले दुई दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको गुजरातले एक बल बाँकी हुँदा सबै विकेट गुमाएर एक सय ६१ रन बनायो ।

उसका लागि ब्रेण्डम क्याकुलमले ४५, इशान किशनले ३१, दीनेश कार्तिकले २९ तथा रविन्द्र जडेडाले १९ रनको योगदान दिएपनि हार टार्न सकेनन् । १० खेलमा छैटौं जित दर्ता गरेको पुणे १२ अंकसहित चौथो स्थानमा छ । यस्तै १० खेलमा तीन खेल मात्रै जितेको गुजरात ६ अंकसहित छैटौं स्थानमा छ ।

प्रकाशित मितिः मङ्लबार, बैशाख १९, २०७४     8:10:46 AM

Ganesh Pahari

See all posts by