सेनाको आकस्मिक बैठक.

काठमाडौं, १८ वैशाख /प्रधानन्यायाधीशमाथि महाअभियोग प्रस्ताव दर्ता भएपछि उत्पन्न हुन सक्ने परिस्थितिलाई ध्यान दिंदै नेपाली सेनाले आवश्यक सुरक्षा सतर्कता बढाउने निर्णय गरेको छ ।

आइतबार राति बसेको सेनाको बैठकले देशमा हाल विकसित घटनाक्रमको समिक्षा गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । ‘वर्तमान परिस्थितिबाट उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीहरुको समिक्षा गर्दै आवश्यक सुरक्षा सर्तकता अपनाउने निर्णय गरिएको छ’ निर्देशनालयले निकालेको विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मितिः सोमवार, बैशाख १८, २०७४     7:22:33 AM

Ganesh Pahari

See all posts by