मणिपाल समस्याका सम्बन्धमा चार बुँदे सहमति :

पोखरा, १७ वैशाख ।
पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा जारी समस्या समाधानका लागी ४ बुँदे सहमति भएको छ । अस्पताल व्यवस्थापन र आन्दोलनरत चिकित्सकहरुका बिचमा आईतबार चार बुँदे सहमति भएको हो । सहमति पश्चात अस्पतालका सम्पुर्ण सेवाहरु पुर्ववत अवस्थामा सुचारु गरिएका छन् ।


मणिपाल टिचिङ् फ्याकल्टी एशोसियसनका सहसचिव डा.दिपक प्रसाद कोईरालाका अनुसार चार बुँदे सहमतिमा समयसापेक्ष वैज्ञानिक तवरले सेवा सुविधानमा हेरफेर गर्ने, करारमा काम गरिरहेका चिकित्सकहरुलाई तिनवर्ष भित्रमा स्थाईको प्रक्रियामा लैजाने, सत्ता विदाको हकमा जसले काम गर्ने उसैले पारिश्रमिक पाउने र अन्य काम कार्वाहीका सवालमा सरकारी तवरबाट गरिएका ऐन तथा कानुन बमोजिम आगाडी बढ्ने लागयतक बुँदाहरु समेटिएका छन् ।
अस्पतालमा कार्यरत नेपाली चिकित्सकहरुको आन्दोलनका कारण करिब २ महिना देखी सेवाहरु प्रभावित भएका थिए । १ सय २२ चिकित्सक मध्ये ५७ जना नेपाली चिकित्सकले अस्पताल प्रशासन समक्ष बिभिन्न माग राखेर आन्दोलन थालेपछि सरकारले सेमत चासो व्यक्त गरेको थियो ।
यसअघि मुस्ताङ्को कागवेनी बस दुर्घट्नाका घाईतेहरुको उपचार नगरेको बारे व्यवस्थापन र चिकित्सक दुवै पक्ष दोषी देखिएको प्रतिवेदन सरकारमा पुगेपछि अस्पताल र चिकित्सक दुवैको दर्ता खारेजी गर्न स्वास्थ्य मन्त्रि एक कानुनी सल्हाकारले सुझाव दिएका थिए ।
संविधानको घारा ५९१ मा कुनै पनि नागरिकलाइ आकस्मिक उपचारबाट बञ्चित गर्न नपाइने संवैधानिक व्यवस्था गरिएको छ ।

प्रकाशित मितिः आइतवार, बैशाख १७, २०७४     9:00:46 PM

Tara Chapagain

See all posts by