इयुद्वारा चुनावको स्वागत.

काठमाडौं,१५ वैशाख /युरोपेली सङ्घले नेपालमा हुन लागेको स्थानीय तहको चुनावको स्वागत गरेको छ । सङ्घले यही वैशाख ३१ र जेठ ३१ गरी दुई चरणमा हुने स्थानीय तहको चुनावको सफलताको शुभकामनासमेत दिएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि युरोपेली सङ्घका राजदूत रिन्छे टेरेन्कले बिहीबार गर्नुभएको शिष्टाचार भेटवार्ताका क्रममा स्थानीय तह चुनावको स्वागत गर्नुभएको हो ।

भेटमा उपराष्ट्रपति पुनले नेपाल नेपाली नागरिकले लामो सङ्घर्षपछि प्राप्त गरेको अधिकार संस्थागत गर्न चुनावमा होमिएको बताउँदै निर्वाचनले सिंहदबारमा केन्द्रित नागरिकको अधिकारलाई नागरिकको घरआँगनमा पु¥याउने छ भन्नुभयो ।

उहाँले स्थानीय तहको चुनावलगत्तै प्रदेश र सङ्घको चुनाव हुने र तीन तहको बलियो सरकार निर्माणपछि नेपाल समृद्धिको दिशामा द्रुतगतिमा अगाडि बढ्ने बताउनुभएको उपराष्ट्रपति पुनका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिनुभयो ।

त्यस अवसरमा सङ्घका राजदूतले नेपालले अँगालेको लोकतान्त्रीकीकरण, समोवशीकरण र विकेन्द्रीकरण उदाहरणीय भएकामा प्रशंसा गर्नुभयो । रासस

प्रकाशित मितिः शुक्रबार, बैशाख १५, २०७४     6:39:57 AM

Ganesh Pahari

See all posts by