पैचो पलसका नेपाली सामान पोखराको बजारमा.

पोखरा, १४ बैशाख / बसे पनि शहरमा गाँउकै रहर पुरा गर्ने उद्देश्यले पहाडी र उच्च पहाडी क्षेत्रमा उत्पादन भएका कृर्षि उत्पादनहरुको बजारीकारण गर्ने भावनाले पैचो पसल प्रालिले आफ्ना उत्पादनहरु पोखरा बजारमा सार्वजनिक गरेको छ । गुल्मी जिल्लाको बले टक्सार गाउँबाट सुरु गरिएको पैचो पसल आफ्ना उत्पादनहरुलाई काठमाडौ, नेपालगन्ज र भैरहवा हुदै पोखरा बजारमा लन्चिङ्ग गरिएको आयोजकले बताएका छन ।

गुल्मी जिल्लाको बले टक्सार गाउँबाट सुरु गरिएको पैचो पसल आफ्ना उत्पादनहरुलाई काठमाडौ, नेपालगन्ज र भैरहवा हुदै पोखरा बजारमा लन्चिङ्ग गरिएको आयोजकले बताएका छन । बजारमा गुणस्तरहिन र अखाद्य बस्तुको बाहुल्यता भइरहेको र आम उपभोक्तालाई किसानबाट उत्पादित बस्तुहरुलाई बास्तबिक स्वाद दिनका लागि अर्गानिक उत्पादनहरुलाई पैचो पसलको माध्यमबाट बजारमा ल्याइएको संस्थाका प्रवन्धक धुव्र न्यौपानेले आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका छन ।

बसे पनि शहर गाउँकै खाने रहर भन्ने मुल नारा बोकेका पैचो पसलबाट उत्पादिन खाद्यान्न सामाग्रीहरुको बिहीबार नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले पोखरामा ब्यशवायीक सुरुवात कार्यक्रमको उद्घाटन गरे । पूर्व अध्यक्ष आनन्दराज मुल्मीले पैचो नाम पुरानो गाउँघरमा प्रचलित नाम भएको र गाउँले परिवेशको खाद्यान्नको उत्पादन र बिक्रीलाई पैचो पसलले प्रश्रय दिएर गाउगाउमा पनि रोजगारीको सिर्जना गर्दै गाउमा उत्पादित सामाग्री बजारमा ल्याउने काम गरेको वताए ।

बजारको अभावमा खेर गैरहेका गाँउका उत्पादनहरूलाई बजारको पहुँचसम्म पु¥याउने मुख्य उद्देश्यका साथ खोलिएको पैचो पसलले विगत एक वर्षदेखि गुल्मीको रिडीमा पैचो प्रशोधन उद्योग स्थापना गरेर स्थानीय उत्पादनलाई प्रशोधन गर्न सुरु गरेको हो । स्थापनाकालदेखि नै हाते प्रविधि प्रयोग गरेर अचार, चुक, दाल लगायतका खाद्य वस्तुको परीक्षण उत्पादन गरी बुटवलमा बिक्रि गर्दै आएको पैचो पसलले गत बैशाखदेखि अत्याधुनिक प्रशोधन कारखाना मार्फत २७ प्रकारका खाद्य वस्तु उत्पादन गर्दैआएको छ ।

पैचोले हाल आठ प्रकारका पैचो अचार, पैचो टोमेटो केचअप, पैचो भेनेगर, पैचो सोया सस, पैचो जाम, विभिन्न प्रकारका जुसहरु, पैचो होल क्यान कनेर्ल, पैचो फापरको पिठो, पैचो कोदोको पिठो, परम्परामा सीमित सिन्की मस्यौरा जस्ता उत्पादनहरु आफै उत्पादन गरी बजारमा ल्याएको छ । जुम्लाको सिमी र पहाडी जिल्लाका मकैको आटो (च्याँख्ला), जस्ता पहाडी तथा उच्च पहाडी जिल्लाका खाद्य वस्तुहरु प्याकेजिङ गरी बजारमा ल्याईएको हो । होल कर्न कर्नर नेपालकै पहिलो उत्पादन हो । अन्य क्षेत्रमा पनि बजार विस्तार गर्ने बताए ।

प्रकाशित मितिः बिहिबार, बैशाख १४, २०७४     9:19:01 PM

Ganesh Pahari

See all posts by