आयल निगमबाटै ‘ठगी’, थानकोटबाट पम्पसम्म तेल पुर्याउँदा १० हजारको तेल गायब !

काठमाडौं ,१३ वैशाख/ नेपाल आयल निगमले पेट्रोल पम्पलाई तोकिएको परिमाणभन्दा कम तेल (डिजेल, पेट्रोल) दिएको भेटिएको छ । नेपाल गुणस्तर तथा नापतौल कार्यालयले गरेको छड्के अनुगमनमा चार हजार लिटरमा ९९ लिटर कम पेट्रोल दिएको तथ्य फेला परेको हो ।

गुणस्तर, निगम, आपूर्ति विभाग र पेट्रोल व्यवसायीको संयुक्त टोलीले काठमाडौंको कालिमाटीस्थित माली पेट्रोल पम्पमा सोमबार ट्यांकरको पेट्रोल नाप्दा परिमाण कम भेटिएको हो ।

चार हजार लिटर पेट्रोल हुनुपर्नेमा ९९ लिटर नपुगेको नेपाल गुणस्तर तथा नापतौल विभाग अञ्चल कार्यालयका शाखा अधिकृत ममता मानन्धरले बताए । थानकोटबाट काठमाण्डौका डिपोसम्म इन्धन ढुवानी गर्दा सरकारी स्वामित्वको आयल निमगले नै करिव १० हजार बराबरको इन्धन ठगी गरेको तथ्य फेला परेको हो । आयल निगमको यही रबैयाका कारण पेट्रोल पम्पहरुले उपभोक्तामाथि थप ठगी गर्ने गरेका छन् ।

प्रकाशित मितिः बुधबार, बैशाख १३, २०७४     7:49:52 AM

Ganesh Pahari

See all posts by