भोलि आमाको मुख हेर्न दिन.

काठमाडौं, १२ वैशाख  / नेपाल पञ्चांग निर्णायक समितिले बुधबार आमाको मुख हेर्ने दिनको बारे चलेको हल्लाका पछाडि नलाग्न आग्रह गरेको छ । मृत्युयोग परेकाले आमाको मुख हेर्न हुँदैन भनेर केहीले हल्ला गरेपनि यो सत्य नभएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले बताउनुभयो ।

बुधबार मातातीर्थ औंसीको दिन शुभ रहेकाले आमाको मुख हेर्न कुनै बाधा नहुने भएकाले हल्लाको पछि नलाग्न उहाँले आग्रह गर्नुभयो ।

प्रकाशित मितिः मङ्लबार, बैशाख १२, २०७४     9:56:19 PM

Ganesh Pahari

See all posts by