लायन्स क्लब अफ सिमसारको अध्यक्षमा भटराई

लेखनाथ ११, बैशाख/महिलाहरु मात्र सदस्य रहेको लायन्स क्लब अफ सिमसार लेखनाथको दोस्रो बार्षिक साधारण सभाले वर्ष २०१७÷२०१८ का लागि बसुधा भटराईको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।

स्थापनाको पहिलो वर्ष समाजिक क्षेत्रमा सफलता पुर्वक अगाडी वढेको क्लबले आगामी कार्यकालका लागि सर्वसम्वत रुपमा भटराईलाई अध्यक्षमा चयन गरेको हो । नव गठित समितिको प्रथम उपाध्यक्षमा मेनुका श्रेष्ठ, द्धितिय उपाध्यक्षमा मायाँ वराल, तृतीय उपाध्यक्षमा ईन्दिरा ओझा, सचिवमा नानुमायाँ रानाभाट, सह सचिवमा सञ्जुु सुवेदी, कोषाध्यक्षमा शान्ति खनाल र सह कोषाध्यक्षमा तारा शर्मालाई चयन गरेको हो ।
यसैगरि समितिको एल सि आइ एफमा सुजाता अधिकारी मेम्वर सिप चियर पर्सनमा शिव गिरि पिआरओ मा केसरी वास्तोला, टेल टियिस्टरमा कल्पना गुरुङ, रिपोर्टीङ अफिसरमा प्रमिला वराल , टेमरमा शिन्धु पौडेल र निर्देशकहरुमा गीता वराल,सरस्वती वराल र कृष्ण कुमारी वराल रहेका छन्।

३४ जना महिला सदस्य रहेको क्लवको निर्वाचन संयोजकमा लेखनाथ लायन्स क्लवका निर्वतमान अध्यक्ष मेजर रामप्रसाद गुरुङ,बर्तमान अध्यक्ष सुर्य नारायण वराल र पुर्व अध्यक्ष हरिप्रसाद लामिछाने रहेका थिए ।

प्रकाशित मितिः सोमवार, बैशाख ११, २०७४     9:16:15 PM

Ganesh Pahari

See all posts by