पोखरा, ९ वैशाख /ने.क.पा(माओवादी केन्द्र ) पोखरा लेखनाथ महानगर वडा नं २७ ले १४७ औं लेनिन जयन्तीको अवसर पारेर शनिवार पार्टीको प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।
वडा पार्टिका वरिष्ठ उपाध्यक्ष हिरामणी लामिछानेको अध्यक्षतामा ने.क.पा. (माओवादी केन्द्र )का केन्द्रिय साल्लाहकार कोमलनाथ बरालको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सञ्चालन भएको थियो । भेलालाई वोधराज लामिछानेले स्वागत मन्तव्य राखेका थिए ।
वडा इन्चार्ज छविलाल लामिछानले केन्दको प्रतिवद्धता पत्र वाचन तथा बडाको प्रतिबद्धता पत्रका विषयमा आफ्ना भनाई राखेका थिए ।
भेलालाई सम्पोधन गर्दै प्रमुख अतिथि कोमलनाथ बरालले १४७ औं लेनिन जयन्ती स्मरण गर्दै ने.क.पा. (माओवादी केन्द्र )को उपहार गाउँनगरमा सिंहदरवार भन्ने मुल नारा लिएर टोलटोलमा जानुपर्ने साथै स्थानिय तह अनुसार जनताका अधिकार स्थापित गराउन एकजुट भएर चुनावमा केन्द्रित हुन निर्देशन दिए ।
भेलाले गोविन्द वाग्लेको सयोजकत्वमा १५१ सदस्य रहेको चुनाव प्रचार प्रसार समिती गठन गरेको छ । कार्यक्रम वडा पार्टिका सचिव गोविन्द वाग्लेले सञ्चालन गरेका थिए